बुधबार, भदौ ३, २०८३

पाँच महिना नपुग्दै फुटको संघारमा लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा तीव्र विवाद देखिएको छ। पार्टीमा गुट-उपगुट हाबी हुँदा असन्तुष्टि चर्किएको हो।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा तीव्र विवाद देखिएको छ। पार्टीमा गुट-उपगुट हाबी हुँदा असन्तुष्टि चर्किएको हो।

नयाँ पार्टीका रुपमा मान्यता पाएको साढे ४ महिना नपुग्दै लोसपाभित्र विवाद बढेकाे हाे। गत भदौ ९ मा गठित लोसपाले आन्तरिक किचलोका कारण अझै पार्टी कमिटीलाई पूर्णता दिन सकेको छैन। चार महिना बित्दा एक पटक पनि लोसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक राख्न सकेको छैन। 

लोसपा विधानमा हरेक १५ दिनमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नुपर्ने उल्लेख छ। तर, अध्यक्ष महन्थ ठाकुरले नै बैठक राख्न नचाहेकाले समस्या भइरहेको लोसपा स्रोतले बताएको छ। अध्यक्ष ठाकुरले पार्टीमा जिम्मेवारी बाँडफाँड नगरेकाले नेताहरूमा असन्तुष्टि बढ्दै गएको हो।

बबरमहलस्थित पार्टी मुख्यालयमा अध्यक्ष ठाकुर दैनिक पुग्ने गरेका छन्। तर, उनी दिनहुँ पार्टी कार्यालय पुग्ने भए पनि कुनै निर्णय नै नगरेर निस्किने गरेको एक नेताले गुनासो गरे।

लोसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्ण भने पार्टी बैठक बस्ने तयारीमा रहेको बताउँछन्। कर्णले केही दिनमै पार्टी बैठक बस्ने दाबी गरे पनि लोसपाका नेता राजेन्द्र महतोले भने पार्टी कार्यालय आउन नै छोडिसकेका छन्। ठाकुरसँगको असन्तुष्टिका कारण महतो कार्यालय आउन छोडेको स्रोतले बताएको छ।

२०७४ साल वैशाख ७ गते महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महिन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी नेपाल, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकता भई राजपा बनेको थियो।

फेरि राजपा र उपेन्द्र यादव, डा. बाबुराम भट्टराईले नेतृत्व गरिरहेको समाजवादी पार्टीबीच २०७७ वैशाख १० गते पार्टी एकता गरेर जनता समाजवादी बनेको थियो।

लोसपा विधानमा हरेक १५ दिनमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नुपर्ने उल्लेख छ। तर, अध्यक्ष महन्थ ठाकुरले नै बैठक राख्न नचाहेकाले समस्या भइरहेको लोसपा स्रोतले बताएको छ। अध्यक्ष ठाकुरले पार्टीमा जिम्मेवारी बाँडफाँड नगरेकाले नेताहरूमा असन्तुष्टि बढ्दै गएको हो।

पार्टीमा विवाद चर्किदा समाजवादी फुटेर लोसपा बनेको थियो। तर, ठाकुरको कार्यशैलीप्रति पार्टीमा बहुमत सदस्य असन्तुष्ट बन्दा समस्या सिर्जना भइरहेको बताइएकाे छ। ठाकुरले १७ जिल्लाको अध्यक्ष र सचिव एकलौटी मनोनयन गरेपछि पार्टीमा विवाद चर्किएको हाे। 

अध्यक्ष ठाकुर आफैंले पनि नेताहरूलाई दिइएको जिम्मेवारीबारे कार्यकारिणी समितिलाई जानकारी दिएका छैनन्। लोसपाका नेताहरू ठाकुर र शरतसिंह भण्डारी कांग्रेस पृष्ठभूमिका हुन्। लोसपा गठनदेखि ठाकुर र भण्डारी एकै ठाउँमा उभिएका छन्। उनीहरूले आफू निकट नेताहरूलाई मात्र काखी च्यापेको आरोप लाग्दै आएको छ। 

उता राजेन्द्र महतो र अनिल झा सद्भावना पार्टीबाट आएका हुन्। ठाकुरले पूर्व कांग्रेसबाट आएका नेताहरूलाई काखी च्यापेको भन्दै पार्टीमा विवाद सिर्जना भइरहेको एक नेताले बताए। उनले पार्टीमा शीर्ष नेताहरूबीच सहमति नभए पार्टी फुट्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। 

प्रकाशित: Jan 13, 2022| 13:20 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...