मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्वकप २०१८ को फाइनल भिडन्त शुरु: यस्तो छ दुवै टोलीको ‘हेड टु हेड’

विश्वकप २०१८ को फाइनल भिडन्त शुरु: यस्तो छ दुवै टोलीको ‘हेड टु हेड’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्वकप २०१८ को फाइनल खेलमा आज (आइतबार) पुर्व विश्वकप विजेता फ्रान्स र आफ्नो विश्वकप इतिहास रच्ने दाउमा रहेको क्रोएसियाबीच भिडन्त हुँदैछ। 

यी दुई टोली विश्वकप २०१८ को ट्रफी उचाल्ने दाउमा छन्। क्रोएसियाको यो ऐतिहासिक यात्रामा कप्तान लुका मोड्रिक, इभान राकिटिच, इभान पेरिसिच, मारियो म्यान्जुकिच र गोलरक्षक सुवासिक मुख्य हतियार हुनेछ।

यता, उपाधीको दाबेदार मानिएको फ्रान्सका लागि उपाधि यात्रामा टिनेजर केलियन बाप्पे, एन्टोइन ग्रिजम्यान, पल पोग्वा र ह्युगो लोरिसलार्इ अस्त्र बनाउने रणनीति छ। 

दुवै टोलीको ‘हेड टु हेड’

दुई टोलीबीच हालसम्म पाँच खेलमा भेट भएको छ। सन् १९९८ को विश्वकपको सेमिफाइनलमा फ्रान्सले क्रोएसियालाई २-१ ले हराएको थियो। १९९९ मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्स ३-० ले विजयी हुँदा २००० मा भएको मैत्रीपूर्णमा पनि फ्रान्सले २-० को जित निकालेको थियो। 

२००४ को युरोकपमा २-२ गोलको बराबरी खेल्दा २०११ मा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसैले यी दुई टिमबीचको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।