बुधबार, भदौ ३, २०८३

निर्वाचन आयोगले १७ राजनीतिक दलसँग छलफल गर्ने

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग शुक्रबार छलफल गर्ने भएको हो।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं- निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग शुक्रबार छलफल गर्ने भएको हो।

आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरु प्रसाद वाग्लेले छलफलका लागि आयोगले शुक्रबार १७ वटा राजनीतिक दललाई बोलाएको बताएका छन्।

राजनीतिक दलसँग आयोगले माघ १२ का लागि तय गरिएको राष्ट्रिय सभा निर्वाचन, मतदाता नामावली संकलन र स्थानीय तहको आगामी निर्वाचन गरी तीनवटा विषयमा छलफल बताइएको छ। बैठक शुक्रबार बिहान ११ बजेका बोलाइएको छ।

प्रकाशित: Jan 13, 2022| 07:20 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...