बुधबार, भदौ ३, २०८३

निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं– निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ। आशन्न राष्ट्रिय सभा निर्वाचन र त्यसपछि हुने स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको हो।

शुक्रबार बस्ने बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरुलाई निमन्त्रणा गरिएको छ। बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन, हाल जारी रहेको मतदाता नामावली संकलन र स्थानीय तहको मिति तय गर्नेबारे छलफल हुने बताइएको छ।

आयोगका पदाधिकारीले गत पुस ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए। सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय भने गरेको छैन।

यसअघि सरकारको तर्फबाट स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न मंगलबार महान्यायाधिवक्ता खम्मबहादुर खाती निर्वाचन आयोग पुगेका थिए।

प्रकाशित: Jan 12, 2022| 16:50 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...