सोमबार, कात्तिक ९, २०८३

पुनमलाई नचाउने योजना विफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बलिउड मोडल तथा अभिनेत्री पुनम पाण्डेलाई लिएर ‘विश्वकप’ फुटबलको फाइनल खेल देखाउने तयारी गरेको दरबारमार्गस्थित क्लव डेजाभुमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीका अनुसार गैर कानुनी तारिकाले उक्त कार्यक्रम गर्न लागेकोले हस्तक्षेप गरिएको हो।

गृहमन्त्री थापाले देशमा शान्ति बनार्इ राख्न गैर कानुनी गतिविधी गर्नेलार्इ नछोड्न प्रहरीलार्इ कडा निर्देशन दिएपश्चात प्रहरीसमेत तातेका छन्।

गृहमन्त्री थापाले कानुन विपरीत काम गर्नेलार्इ पक्राउ गरी कानुन बमोजिम सजायको लागि सम्बन्धित निकायमा पेश गर्न समेत प्रहरीलार्इ निर्देशन दिएका छन्।

सोहि निर्देशनलार्इ पालना गर्दै प्रहरीले प्रशासनसँग पूर्वस्वीकृति नलिइ क्लव डेजाभुका सञ्चालक केपी गैरेले पुनमको नाँचसहित विश्वकफको फाइनल खेल आइबार राति देखाउने तयारी गरेकोले हस्तक्षेप गरेको हो।

दरबारमार्गका प्रहरी प्रमुख डिएसपी दानबहादुर मल्लले हस्तक्षेप गरेका हुन् ।एकाएक उक्त स्थानमा प्रहरी पुगेपछि केही नगरेका मालिक लगायत दशर्कहरुको समेत भागाभाग मच्चिएको थियो। पुनम पाण्डे जबरजस्ती क्लव डेजाभुमा प्रवेश गर्न खोजे नियन्त्रणमा लिने प्रहरीको तयारी गरेको छ ।

डेजाभुले शनिबार रिपोर्टर्स क्लव नेपालल पत्रकार सम्मेलन गरेको थियो, जहाँ क्लव सञ्चालक गैरेले प्रहरीसँग अनुमति लिएर कार्यक्रम गर्न लागेको बताएका थिए ।

तर, प्रहरीले भने अनुमति नलिएको जनाएको छ । डिएसपी मल्लले प्रशासनको पूर्वस्वीकृति नलिइ बलिउड मोडल पुनमलाई नचाउने तथा विश्वकप फुटबलको फाइनल देखाउन खोजेपछि शान्ति सुरक्षा बनाउन क्लव डेजाभुलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् । उनका अनुसार क्लव डेजाभु आइतबार बन्द रहनेछ ।

डिएसपी मल्लले आइतबार रातिको कार्यक्रम हुन नदिन प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाएर क्लव डेजाभुलाई चारैतिरबाट घेरा हालेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।