बुधबार, भदौ ३, २०८३

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरुले आज बुधबार पनि विरोध प्रदर्शन गरेका छन्।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरुले आज बुधबार पनि विरोध प्रदर्शन गरेका छन्। 

सर्वोच्च अदालत परिसरमा आयोजित विरोध सभामा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानुन व्यवसायीहरुको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको बताए। उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताए।

अधिवक्ता शर्माले भने, ‘न्यायालयमा देखिएको विकृति, विसंगतिका विरुद्ध हो आन्दोलन। न्यायालयमा स्वच्छता र पारदर्शिता हुनुपर्छ भन्ने हो। जबसम्म चोलेन्द्रशम्शेरले राजीनामा दिँदैनन्, तबसम्म यो आन्दोलन जारी रहन्छ।’

अधिवक्ता रामचन्द्र सिंखडाले आन्दोलनले देशभरका अदालतमा गोला प्रथाको शुरुवात गर्न सहयोग गरेको बताए। उनले न्यायपालिका भित्रको विकृति, विसंगति र भ्रष्टाचार उन्मूलन गर्नको लागि, निरुत्साहित पार्नको लागि आन्दोलन भइरहेको पनि स्पष्ट पारे। अधिवक्ता सिंखडाले न्यायालयभित्र रहेका न्यायाधीशहरुको सम्पत्तिको छानबिन गर्नुपर्ने माग उठिरहेको बताए। 

प्रकाशित: Jan 12, 2022| 15:30 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...