आइतबार, वैशाख ७, २०८२

महामारीको तेस्रो लहरसँग जुध्न देशभर यस्तो छ तयारी

देशभरिका अस्पतालमा अक्सिजन प्लान्ट थप गरिएको छ भने सघन उपचार कक्ष (आईसीयू), हाई डिपेन्डेन्सी युनिट (एचडीयू), भेन्टिलेटर, आइसोलेसन तयारी अवस्थामा छन्।
 |  बुधबार, पुस २८, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, पुस २८, २०७८

vianetvianet

काठमाडौं– पछिल्लो साता नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेपछि सरकारले सतर्कता अपनाएको छ। १५ दिनसम्म विद्यालय बन्द गर्न निर्देशन दिइसकेको छ भने २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रम बन्द गराएको छ।

triton college

संक्रमण बढ्दै जाँदा आममानिस पहिलो र दोस्रो लहरमा भोग्नुपरेको समस्या दोहोरिने हो कि भन्दै चिन्ता गर्न थालेका छन्। कोरोना संक्रमणको पहिलो लहरमा संरचना अभाव र दोस्रो लहरमा अक्सिजन र बेड अभावका कारण निकै सास्ती भोग्नुपरेको थियो। अक्सिजन व्यक्तिगत रुपमा जोहो गर्नुपर्ने अवस्था थियो भने बेड अभावमा अस्पतालका प्रांगणमै उपचार गर्नुपर्ने अवस्था थियो। 

कोरोना भाइरको सम्भावित तेस्रो लहरलाई दृष्टिगत गर्दै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु बताउँछन्। ‘तेस्रो लहरको जोमिखलाई न्यूनीकरण गर्न अस्पताललाई तयारी अवस्थामा राखेका छौं’, मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने। 

देशभरिका अस्पतालमा अक्सिजन प्लान्ट थप गरिएको छ भने सघन उपचार कक्ष (आईसीयू), हाई डिपेन्डेन्सी युनिट (एचडीयू), भेन्टिलेटर, आइसोलेसन तयारी अवस्थामा छन्। 

मन्त्रालयका अनुसार देशभरिका अस्पतालमा अक्सिजन प्लान्ट थप गरिएको छ भने सघन उपचार कक्ष (आईसीयू), हाई डिपेन्डेन्सी युनिट (एचडीयू), भेन्टिलेटर, आइसोलेसन तयारी अवस्थामा छन्। 

देशभरका ७८ वटा अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्न सकिन्छ। ती अस्पतालमा सघन उपचार कक्ष दुई हजार ७९७, भेन्टिलेटर १ हजार ८ र एचडीयू ३ हजार ८४६ उपलब्ध छन्। मन्त्रालयका अनुसार देशभर ३२४ एचडीयू १ हजार ८ भेन्टिलेटर र ८ हजार २०२ आइसोलेसन कोभिड उपचारका लागि तयारी अवस्थामा छन्। 

National life insurance

जेठमा देखिएको दोस्रो लहरमा अक्सिजनको अभाव र आईसीयू बेडको अभाव लगायत स्वास्थ्य पुर्वाधार नबनिसकेकाले क्षति पुगेको थियो। त्यसैले यसपटक उक्त क्षति कम गर्न अस्पतालहरूमा पूर्वतयारी गरिएको सहप्रवक्ता अधिकारी बताउँछन्। 

अधिकारी भन्छन्, ‘पहिलो लहरमा स्वास्थ्यका पूर्वाधार बनिसकेको थिएन। दोस्रो लहरमा अक्सिजन र बेडको अभाव भयो। यसपटक त्यसमा पूर्वाधारको अभाव नहुने गरी तयारी गरेका छौं।’

देशभर १३ हजार ९३९ अक्सिजन सिलिन्डर छन्। यस्तै अक्सिजन कन्सन्टेटर ६९३ र अक्सिजन प्लान्ट ४७ वटा छन्। काठमाडौं उपत्यकामा मात्रै २ हजार ४९४ आइसोलेसन, एचडीयू बेड ३२४, आईसीयू बेड ४४५ र भेन्टिलेटर २५४ वटा रहेको उनले बताए। 

कुन प्रदेशमा कस्तो तयारी?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हाल प्रदेश १ मा ८१९ आइसोलेसन बेड, ५६८ एचडीयू बेड, ३४२ आईसीयू बेड, १४८ भेन्टिलेटर बेड छन्। यस्तै १ हजार १४ अक्सिजन सिलिन्डर, ६६ अक्सिजन कन्सन्टेटर, ५ वटा अक्सिजन प्लान्ट तयारी अवस्थामा छन्।

प्रदेश २ मा १ हजार ६८० आइसोलेसन बेड, ६९५ एचडीयू बेड र ३९६ आईसीयू बेड तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ। यस्तै प्रदेश २ मा १२४ भेन्टिलेटर बेड छन्। २ हजार ३६८ अक्सिजन सिलिन्डर, ३६ अक्सिजन कन्सन्टेटर र ३ वटा अक्सिजन प्लान्ट रहेको मन्त्रालयको तथ्यांक छ। 

बागमतीमा तीन हजार २८३ आइसोलेसन, एक हजार १९१ एचडीयू बेड, एक हजार ४ आईसीयू बेड, १२४ भेन्टिलेटर बेड छन् भने २ हजार ३६८ अक्सिजन सिलिन्डर, ३६ अक्सिजन कन्सन्टेटर, ३ वटा अक्सिजन प्लान्ट छन्।

गण्डकीमा ६५१ आइसोलेसन, ४४४ एचडीयू बेड, २२८ आईसीयू बेड र ८२ भेन्टिलेटर बेड छन्। त्यस्तै २ हजार ३०५ अक्सिजन सिलिन्डर, ८५ अक्सिजन कन्सन्टेटर, १३ वटा अक्सिजन प्लान्ट तयारी अवस्थामा राखिएको छ।

काठमाडौं उपत्यकामा आइसोलेसन बेड २ हजार चार सय ९४, एचडीयू ३२४, आईसीयू बेड ४४५ र भेन्टिलेटर २५४ वटा छन्।
लुम्बिनीमा पनि ४५२ आइसोलेसन, ६४० एचडीयू बेड, २३९ आईसीयू बेड र ५६ भेन्टिलेटर बेड छन्। लुम्बिनीमा दुई हजार ७६६ अक्सिजन सिलिन्डर, ६९ अक्सिजन कन्सन्टे«टर, ७ वटा अक्सिजन प्लान्ट रहेको मन्त्रालयको तथ्यांक छ। 

कर्णालीमा ६०७ आइसोलेसन, ९६ एचडीयू बेड, ९७ आईसीयू बेड, ३५ भेन्टिलेटर बेड, २  हजार ४०५ अक्सिजन सिलिन्डर, ८० अक्सिजन कन्सन्टेटर, ३ वटा अक्सिजन प्लान्ट छन्। 

सुदूरपश्चिममा ७१० आइसोलेसन, २१३ एचडीयू बेड, ७२ आईसीयू बेड र ३१ भेन्टिलेटर छन् भने १ हजार ३९१ अक्सिजन सिलिन्डर, १९९ अक्सिजन कन्सन्टेटर, ४ वटा अक्सिजन प्लान्ट रहेको मन्त्रालयले जनाएको छ। 

काठमाडौं उपत्यकामा आइसोलेसन बेड २ हजार चार सय ९४, एचडीयू ३२४, आईसीयू बेड ४४५ र भेन्टिलेटर २५४ वटा छन्।

सरकारले कोरोनाको दोस्रो लहरमा धेरै संख्यामा संक्रमित थपिएपछि कोभिडबाहेकका बिरामीको सेवा नरोकिने गरी सरकारी र निजी दुवै क्षेत्रका अस्पतालमा कोराना उपचार गर्ने व्यवस्था गरेको थियो। त्यसपछि देशभरका अस्पतालमा २५ वटा अक्सिनज ट्यांक स्थापना गर्ने योजना बनाएको हो। त्यसमध्ये  १९ वटा जडान गरिसकेको छ। 

बन्दाबन्दीबारे छलफल भएको छैन 

सकारले कोरोना संक्रमण बढ्दै गए लकडाउन गर्ने जिम्मा सम्बन्धित जिल्ला  प्रशासनलाई दिएको छ। जहाँ कोरोना संक्रमण बढेको छ त्यहाँ आवश्यकता हेरी लकडाउनको जिम्मा सोही जिल्लाको प्रशासन कार्यालयले स्मार्ट लकडाउन गर्न सक्ने सरकारले निर्णय गरेको छ। 

हालसम्म जुन क्षेत्रमा संक्रमणको दर बढी हुन्छ सो क्षेत्रमा मात्र स्मार्ट लकडाउन गर्ने तयारीमा रहेको छ। जिल्ला र स्थानीय तहमा कति संक्रमितलाई उपचार गर्न सकिन्छ त्यसको आधारमा स्मार्ट लकडाउन गर्ने अधिकार डीसीएमसीलाई दिइएको छ। मन्त्रालयले सहप्रवक्ता डा. अधिकारीले बन्दाबन्दीबारे छलफल नै नभएको बताए। 


प्रकाशित: Jan 12, 2022| 12:31 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्