काठमाडौं- सुन काण्डका अर्का अभियुक्त चुडामणि उप्रेती गोरेका भाइ रमेश उप्रेती पनि पक्राउ परेका छन्।
उनलाई युएई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
पक्राउ परेका उप्रेती विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएको थियो।
उनी युएईमा सुन किनेर नेपाल पठाउने कार्यमा संलग्न रहेको प्रहरीले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४