सोमबार, फागुन १८, २०८२

एमाले सुर्खेत अध्यक्षमा अमृत बिसी निर्वाचित

नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन्।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

 काठमाडौं- नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन्। एमाले सुर्खेतको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षसहित पदाधिकारीमा बिसीको प्यानल नै विजयी भएको छ। 

अध्यक्षमा बिसीले डण्डीप्रसाद शर्मालाई १ सय १ मतान्तरले  हराएको एमाले निर्वाचन समिति सुर्खेतले जनाएको छ।  

बिसीले ३ सय ६८ र शर्माले २ सय ६७ मत प्राप्त गरेका छन्। यसैगरी उपाध्यक्षमा कुलमणि देवकोटा ३ सय ९४ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी ऋषि गीरिले २ सय २६ मत पाए।

सचिवमा कविन्द्र केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएका छन्। उनीहरू पनि बिसी प्यानलकै नेता हुन्।

पुस २३ गते सुरु भएको जिल्ला अधिवेशनमा सहमति हुन नसकेपछि मंगलबार मतदान भएको थियो।

kumari

प्रकाशित: Jan 12, 2022| 08:35 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।