बुधबार, भदौ ३, २०८३

विकास र राजनीति सँगसँगै लैजानुपर्छ : नेता पौडेल

तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा उनले विकास र राजनीति एक अर्काका परिपूरक भएको बताए।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताएका छन्।

तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा उनले विकास र राजनीति एक अर्काका परिपूरक भएको बताए। पौडेलले विकासका क्षेत्रमा पछि परेका ऋषिङमा अहिले विकास निर्माणले गति लिन थालेको उल्लेख गर्दै भने, ‘हिजो हामीले विकास निर्माणको सुरुआत गरेको हौं। आज विकास भएका कारण गाउँको मुहारमा परिवर्तन आएको छ।’

उनले गाउँपालिकाले खेलकुदका माध्यमबाट सिङ्गो गाउँपालिका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न चालेको कदम सकारात्मक रहेको उल्लेख गरे।

वरिष्ठ नेता पौडेलले खेलकुद राष्ट्रको गहना भएको बताउँदै यसको संवर्द्धन का लागि राज्यले उचित ध्यान दिन सके सक्षम खेलाडी उत्पादनमा सहज हुनेमा जोड दिए। खेलकुद मानिसको स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण भएको उल्लेख गर्दै उनले स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राखेर राष्ट्रियस्तरका खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए।

वरिष्ठ नेता पौडेलले म्याराथन प्रतियोगितामा विजयी हुने खेलाडीलाई नगद, प्रमाणपत्र, मेडल र ट्रफिबाट पुरस्कृत गरे। म्याराथनको उपाधि तीर्थराज तामाङले हात पारेका छन्। ४२ दशमलव पाँच किलोमिटर लामो दूरीको उक्त म्याराथन २ घण्टा ५२ मिनेटमा पार गर्दै उनले उक्त उपाधि जित्न सफल भएकन हुन्। त्यसैगरी देवराज महतराले २ घण्टा ५४ मिनेटमा सो दूरी पार गरी द्वितीय भएका छन्। दुबै जना त्रिभुवन आर्मी क्लबका हुन्।

त्यसैगरी सुमन कुलुङ राईले तृतीय र राजन मेयङग्बाले सान्तवना पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र सान्तवना हुने खेलाडीलाई क्रमशः ६५, ४०, २५ र १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रकाशित: Jan 12, 2022| 07:55 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...