बुधबार, भदौ ३, २०८३

एमाले प्रदेश अधिवेशन सर्‍यो

नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं- नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ। कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन माघ २८ र २९ गते सरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।

एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ भने १६ जिल्लाको अधिवेशन बाँकी छ। 

कोरोना भाइरस संक्रमणको बढ्दो जोखिम र सोही कारण सरकारले मंगलबारदेखि २५ जनाभन्दा बढी मानिस जम्मा गरेर कुनै पनि सभा, सम्मेलन, गोष्ठी नगर्न गरेको आग्रहलाई ध्यानमा राखेर अधिवेशन सारिएको एमालेले जनाएको छ।

प्रकाशित: Jan 12, 2022| 07:01 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...