काठमाडौं- साढे ३३ केजी सुन तस्करी तथा सनम हत्या प्रकरणको अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले (सिआईबी) ले गर्ने भएको छ।
करिब ४ महिना पहिले गठित छानबिन समितिको म्याद आगामी साउन १ गते सकिँदै छ। यसअघि छानबिनको काम नसकिएको भन्दै दुर्इ पटक म्याद थपिएको थियो। दुर्इपटक म्याद थप्दा पनि छानबिनको तथ्य बाहिर आउन सकेको छैन।
सुन तस्करीको गहिरार्इमा पुग्दा राजनीतिक, प्रशासन र सुरक्षाका धेरै पात्रहरु पनि जोडिएपछि सुन छानबिनलार्इ नियतवश लम्ब्याउनु र अल्झाउने डिजाइन अनुसार यसलार्इ फेरी सिआर्इबीको जिम्मा लगाइएको छ।
सुन तस्करी तथा सनम हत्यामा ७५ जना भन्दा बढि अभियुक्त को छानबिन भैरहेको छ। हालसम्म ५१ जना मात्र पक्राउ परेका छन।
मुख्य अभियुक्त मोहन अग्रवाल फरार छन भने दुबईमा रहेका तस्करीमा संलग्न ४ जना श्याम पराजुली , हरिसरण खड्का, वेनु श्रेष्ठ तथा रमेश उप्रतीमाथि रेडकर्नर नोटिस जारी गरिए पनि सरकारी कुटनितीका पहल कमजोर हुँदा नेपाल ल्याउन भने सकिएको छैन।
छानबिन टोलीले विमानस्थलमा सेटिङ मिलाउने भजुङ गुरुङ, ओसारपसार गर्ने चुडामणी उप्रती भनिने 'गोरे' तथा तस्करीको सुनमा लगानी गर्ने एम के (मोहन अग्रवाल) लाई मुख्य अभियुक्त बनाएर प्रतिवेदन पेस गर्ने तयारी गर्दै छ।
सबै अभियुक्त पक्राउ परि नसकेका कारण अनुसन्धानको प्रक्रिया अहिले जारी छ। छानबिनले पुर्णता नपाउँदै समिती भङ्ग गर्नुलाई अर्थपुर्ण रुपमा लिईएको छ।
गृहमन्त्री रामबहादुरले अभियत्तलाई कठाघारमा ल्याउने अठोट हावादारी ठहर भएको छ।
श्रोतका अनुसार तस्करीमा सत्तारुढ दलकै उच्च नेताको संग्लग्नता देखिएपछि समितीलाई थप छानबिनको म्याद नदिएको दाबी छ।
सरकारले म्याद नथप्ने भएपछि समितीले हालसम्मको प्रगती विवरण बुझाउन प्रतिवेदन तयार गदै छ। गृहमन्त्रालय श्रोत अनुसार अबको छानबिन सिआईबिको सहयोगमा मोरङ प्रहरीले गर्ने बताएको छ।
संगठीत अपराधको अनुसन्धान प्रक्रिया लामो हुने भएकाले गृहमन्त्रालयद्वारा गठित छानबिन समितीको म्याद नथप्ने गृहमन्त्रालयको तर्क छ।
गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौड्यालको संयोजकत्वमा गठित समितीमा अनुसन्धान विभागका नायब महानिरीक्षक हुतराज थापा, नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक वसन्त कुमार लामा लगाएत ९ जना रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४