शुक्रबार, कात्तिक २८, २०८२

चितवनमा १८ वर्षमाथिका ९० प्रतिशतलाई खोप

जिल्लामा १८ वर्ष माथिका ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

चितवन– जिल्लामा १८ वर्ष माथिका ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । ती उमेर समूहका चार लाख हाराहारी जनसङ्ख्या रहेका जिल्लामा तीन लाख ७० हजार ५४४ जनाले खोप लगाएका हुन् । 

National life

पहिलो मात्रा लगाएकामध्ये तीन लाख २० हजार नौ जनाले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४४३ , भेरोसेल दुई लाख ३७ हजार ६०२ ,एष्ट्राजेनिका ५१ हजार ९६२ , फाईजर बायोएनटेक एक हजार ८६७  र जोन्सन ३८ हजार ६७० जनाले लगाएका छन् । जोन्सन भने एक मात्रा लगाएपछि पूर्ण हुने र अन्य खोप दुई मात्रा लगाउनुपर्ने उनले जानकारी बताए।

यसैगरी पूर्ण मात्रा खोप कोभिसिल्ड÷एष्ट्राजेनिका ८२ हजार ८५३ , भेरोसेल एक लाख ९६ हजार ७२९ , जोन्सन ३८ हजार ६७०  र फाईजर बायोएनटेक एक हजार ७५७ जनाले लगाएका छन् । पहिलो मात्रा लगाएको तर दोस्रो मात्रा लगाउने समय भइनसकेको सङ्ख्या २० हजार हाराहारी छ । कतिपय पहिलो मात्रा यहाँ लगाएर अन्य जिल्लामा गएर दोस्रो मात्रा खोप लगाउने गरेको उनको भनाइ छ ।

पछिल्लो समय जिल्लामा अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ । जिल्लाका सातै पालिकाले हप्तामा एक दिन खोप लगाउने व्यवस्था गरेका छन् । १८ वर्षमाथिका सबैले खोप लगाउन पाउने गरी व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

विदेश जानेहरुको हकमा भिसा देखाएपछि सम्बन्धित पालिकाबाटै एक मात्रा लगाए पुग्ने जोन्सन खोप लगाउने व्यवस्था गरिएको छ । विदेश जानेहरुको सङ्ख्या पनि ठूलै छ।

Laxmi sunrise bank
kumari

जिल्लामा १८ वर्षमाथिको जनसङ्ख्या चार लाख हाराहारी रहेको अनुमान गरिएको छ । यस हिसाबले खोप लगाउन बाँकी सङ्ख्या न्यून देखिन्छ । तर जिल्लामा व्यापार व्यवसाय गर्न, पढ्न र कामको खोजीमा आउनेको सङ्ख्या अधिक रहेको छ ।

प्रकाशित: Jan 11, 2022| 15:40 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।