डोटी- नेकपा (एमाले) डोटीको जिल्ला अध्यक्षमा चक्रबहादुर मल्ल विजयी भएका छन्। आठौँ जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहनुभएका मल्ल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।
यसैगरी उपाध्यक्ष मञ्जु मलासी, सचिव शेरबहादुर मल्ल, उपसचिव कृष्णबहादुर खडका, तेजबहादुर डुम्रेलले जिम्मेवारी प्राप्त गरेको (नेकपा) एमालेले जनाएको छ।
अधिवेशनमा मूल आयोजक कमिटीका १४८ तथा यहाँका नौवटै वडाबाट छनोट गरिएका ३८६ र मनोनित २७ जना गरी कूल ४१३ प्रतिनिधि सहभागी थिए। अधिवेशनका लागि जिल्लाका नौ वटै पालिकाबाट अधिकांश प्रतिनिधि सहभागी रहेका थिए।