लमजुङ- नेकपा (एमाले) लमजुङको अध्यक्षमा कृष्णप्राद अधिकारी निर्विरोध निर्वाचित भएका छन्। एमालेको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अधिकारी निर्विरोध निर्वाचित भएका हुन्।
त्यसैगरी, उपाध्यक्षमा यशोदा रिमाल, सचिवमा सुभाष पौडेल सर्वसम्मतरूपमा निर्वाचित भएका छन्। त्यस्तै उपसचिवमा भने चार जनाबीच प्रतिस्पर्धा भएपछि सोमबार मतदान गर्दा जनकराज मिश्र र जीतबहादुर गुरुङ निर्वाचित छन्।
अध्यक्ष, उपाध्यक्ष, सचिवबाहेकका अन्य पद उपसचिव, भूगोलतर्फका सदस्य, खुला सदस्य र सुन्दरबजार पालिका भूगोल सदस्य पदका लागि निर्वाचन भएको थियो। नवनिर्वाचित अध्यक्ष अधिकारीको नेतृतवमा ९५ सदस्यीय सदस्य कमिटी बनेको छ। निर्वाचित सबै पदाधिकारी तथा सदस्यले सोमबार राति नै शपथग्रहण गरेका छन्।