मंगलबार, असार ३०, २०८३

जर्मन हतियारसहित तीन जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–ललितपुरको नख्खीपोटबाट आधुनिक हतियारसहित तीन जना पक्राउ परेका छन् । 

जर्मनीबाट ल्याइएका ‘जर्मन राईफल एकथान, त्यसमा लाग्ने म्यागेजिन दुई थान र पाँच थान गोली’ सहित तीन पक्राउ परेको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा रामेछाप घर भई हाल काठमाडौंको अनामनगर बस्ने कृष्णबहादुर जोशी, रामेछापकै आशुराम मोक्तान र ताप्लेजुङ घर भई हाल नख्खु बस्ने हेमराम पौडेल छन् । 

उनीहरु बाहिरबाट हतियार ल्याउँदै आपराधिक क्रियाकलापमा संलग्नहरुलाई हतियार बेच्ने काममा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।