बुधबार, भदौ ३, २०८३

एमाले भोजपुरमा शरणकुमार राई

कमिटीको उपाध्यक्षमा मक्कर खड्का, सचिवमा किरण राई,उपसचिवमा ध्यानबहादुर राउत र धर्म किराँती सर्वसम्मत् चयन भएका छन्।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

भोजपुर- नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरको सर्वसम्मत् नेतृत्व चयन भएको छ। एमालेले शरणकुमार राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो। 

कमिटीको उपाध्यक्षमा मक्कर खड्का, सचिवमा किरण राई,उपसचिवमा ध्यानबहादुर राउत र धर्म किराँती सर्वसम्मत् चयन भएका छन्। 

एमालेको आठौं जिल्ला अधिबेशनबाट पाँच पदाधिकारीसहित ९० सदस्य जिल्ला कमिटी चयन भएको हो। जिल्ला अध्यक्षमा शरणकुमार राई र मक्कर खड्काको दाबेदारी रहेको थियो।

दुई जनाबीच सहमति गराउन शुक्रबारबाट सुरु भएको अधिवेशन आइतबारसम्म लम्बिएको थियो।

प्रकाशित: Jan 10, 2022| 14:55 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...