बुधबार, भदौ ३, २०८३

हाम्रो काम राजनीतिक उपलब्धिको ब्याज खाने मात्रै होइन : माधव नेपाल

समस्या नीति र वादमा होइन, व्यक्तिको भ्रष्टीकरणमा छ। व्यक्तिवादी प्रवृत्तिले गर्दा हाम्रा उपलब्धि जोखिममा छन्। यो प्रवृत्तिविरुद्ध दलभित्र विद्रोही चेत चाहिन्छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

नेपालमा केही भएको छैन भन्नेहरूले विगत र वर्तमानको गम्भीर विवेचना गरेका छैनन्। उनीहरूलाई म भन्न चाहन्छु, नेपालमा धेरै महत्त्वपूर्ण उपलब्धि हासिल भइसकेको छ। निरकुंश राजतन्त्रलाई चुनौती दिएर संघीय गणतन्त्र स्थापना गर्ने काम नेपालकै शक्तिबाट भएको छ। हाम्रै देशका राजनीति दल र नेताहरूले स्वदेशी शक्ति र विदेशीहरूलाई चुनौती दिएका छन्। राजनीतिक दलले भूमिका नखेलेको भए पञ्चायत त्यति सजिलै ढल्दैनथ्यो, राजतन्त्र ढल्दैनथ्यो!

उल्लेखनीय कुरा के छ भने, पञ्चायतविरुद्धको आन्दोलनका क्रममा नेपालका दुई ठूला शक्ति ‘कम्युनिस्ट र कांग्रेस’ बीच सहकार्य भयो। राजनीतिक दलहरू खिचातानीमात्र गर्छन् भन्ने भ्रम चिर्दै २०४६ देखि सहकार्यको सिलसिला सुरु भयो। हामीले (तत्कालीन एमाले) पनि बहुदलीय व्यवस्थालाई स्वीकार गर्यौं। प्रतिस्पर्धाको राजनीतिलाई अघि बढायौं। 

फेरि एक दशकपछि नै राजाले सत्ता आफ्नो हातमा लिए। बहुदलीय प्रजातन्त्रको मर्ममाथि आघात गरेर राजाले प्रतिगमन गरे। त्यसलाई पनि मूलतः दुईवटा शक्ति एकताबद्ध भएर परास्त गर्यौं। त्यतिबेला नागरिक समाज र बौद्धिक वर्ग पनि दलहरूसँग एकबद्ध भए। एउटा शक्ति सृजना भयो। त्यो शक्तिको बलले सामन्ती शाही शासन सधैंका लागि अन्त्य भयो।  शान्ति प्रकियासँगै नयाँ युग सुरु भयो। गणतन्त्र घोषणा भयो।

कुन पार्टीको मान्छे राष्ट्रपति भयो त्यो ठूलो कुरा भएन, तर जनताको छोराछोरी राष्ट्रप्रमुख हुने यो व्यवस्था हामीले ल्याएका हौं। हाम्रो संघर्षको जगमा यो व्यवस्था स्थापना भएको हो ।
राष्ट्रपति नै राष्ट्रको सर्वोच्च संस्था हुने युग सुरु भयो। यही उपलब्धिको जगमा डा. रामवरण यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्नुभयो। कुन पार्टीको मान्छे राष्ट्रपति भयो त्यो ठूलो कुरा भएन, तर जनताको छोराछोरी राष्ट्रप्रमुख हुने यो व्यवस्था हामीले ल्याएका हौं। यही देशको किसानको छोरा राष्ट्रपति हुन चानचुने कुरा होइन। हाम्रो संघर्षको जगमा यो व्यवस्था स्थापना भएको हो। 

मैले बारम्बार भन्दै आएको छु, मुलुकका दुई ठूला शक्ति एक भए भने जस्तोसुकै शक्तिलाई परास्त गर्न सकिन्छ। हामीले नसक्ने कुरा केही छैन। केपी ओलीको प्रतिगमनकारी कदम पनि हामी समाजवादी कम्युनिस्टहरू र कांग्रेस एक भएर उल्ट्याइदियौं। राष्ट्रमा जबजब समस्या पर्छ तब सबै परिवर्तनकारी शक्ति एक ठाउँमा जुटाउन हामीले पहल गर्यौं।

तर, अबको काम भनको यही उपलब्धिको ब्याज खाने होइन। आर्थिक क्रान्तिको काम बाँकी नै छ। समाजवादको लामो यात्रा बाँकी नै छ । सांस्कृतिक परिवर्तनको काम गर्नै बाँकी छ। बृहत् ढंगले सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणको काम गर्न बाँकी नै छ । नयाँ चेतबाट मानिसलाई अगाडि बढाउने सांस्कृतिक रुपान्तरण गर्न बाँकी छ। गाँस, वास, कपासमात्र होइन समाजवादको जग खडा गर्न चाहिने सबै कुरा हामीले स्थापना गर्न सक्नुपर्छ। यसका लागि नेकपा एकीकृत समाजवादी प्रतिबद्ध छ। 

समस्या नीति र वादमा होइन, व्यक्तिको भ्रष्टीकरणमा छ। व्यक्तिवादी प्रवृत्तिले गर्दा हाम्रा उपलब्धि जोखिममा छन्। यो प्रवृत्तिविरुद्ध दलभित्र विद्रोही चेत चाहिन्छ। 

यता आर्थिक नीतिको कुरा आउँदा हामीले धेरै मोडेल हेरिसकेका छौं। राज्य नियन्त्रित अर्थतन्त्र भएको रुस र चीनको अवस्था पनि हेरेका छौं। हाम्रै पञ्चायतकालीन अर्थनीति पनि देख्यौं। यसपछि बुझ्यौं, मिश्रित अर्थतन्त्रले मात्र जनताको जीवनलाई सम्बोधन गर्न नसक्ने रहेछ। यसैले तीनखम्बे अर्थनीतिलाई अहिले अवलम्बन गरेका छौं। राज्य, निजी क्षेत्र र समुदायको संलग्नता हुने अर्थव्यवस्था सरकार र दलहरूले स्वीकारेका छन्।

यसर्थ समस्या नीति र वादमा होइन, व्यक्तिको भ्रष्टीकरणमा छ। व्यक्तिवादी प्रवृत्तिले गर्दा हाम्रा उपलब्धि जोखिममा छन्। यो प्रवृत्तिविरुद्ध दलभित्र विद्रोही चेत चाहिन्छ। नागरिक समुदाय सचेत रहनुपर्छ। केही भएको छैन भनेर सोच्यो भने कहीँ पुगिँदैन। विगतको वस्तुनिष्ठ समीक्षा गरिनुपर्छ।

(वामपन्थी नेता चन्द्रदेव जोशीको पुस्तक ‘मार्क्सवाद र विश्व कम्युनिस्ट आन्दोलन’ को विमोचन सभामा ‘कपा एसका अध्यक्ष नेपालले दिएको मन्तव्यबाट)


प्रकाशित: Jan 10, 2022| 13:05 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...