मंगलबार, असार ३०, २०८३

जापानलाई वैदेशिक रोजगारीको गन्तव्य बनाउँदै सरकार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ– सरकारले जापानलाई वैदेशिक रोजगारका लागि गन्तब्य बनाउने तयारी गरेको छ। विभिन्न व्यक्ति र कम्पनीहरुबाट कामदार ठगिनु परेका घटनाहरुको अध्ययनपछि सरकारले सुरक्षित तथा व्यवस्थित रुपमा जापान पठाउने तयारी थालेको हो । 

जापानमा रोजगारीको बाटो खुलाउन श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले पहल सुरु गरेका छन्। उनले शुक्रबार मात्रै नेपालका लागि जापानी राजदूत मासामिचि साईगोलेसँग छलफल गरेका थिए । 

छलफल सकारात्मक भएको श्रम मन्त्री विष्टले नेपाल समयसँग बताए । मन्त्री विष्टका अनुसार नेपाली प्रशिक्षार्थी कामदार पठाउनका लागि एउटा संयुक्त संयन्त्र बनाउने प्रस्ताव नेपालले गरेको छ। 

त्यसका लागि गृहकार्य सुरु भएको छ । जापानी राजदूत साईगोले यो प्रस्ताव जापान सरकार समक्ष पु–याउने प्रतिबद्धता प्रकट गरेका छन् ।

‘हाम्रो तर्फबाट जापानमा प्रशिक्षर्थी कामदार पठाउन नेपाल जापानबीच संयुक्त संयन्त्र बनाउने र त्यसले मापदण्ड तोक्ने बिषयमा छलफल भएको छ’ विष्टले भने ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।