आइतबार, फागुन २४, २०८२

साउदी राजकुमारी जेलबाट मुक्त

महिला अधिकारका पक्षमा वकालत गर्दै आएकी साउदी राजकुमारी र उनकी छोरी जेलबाट रिहा भएका छन्।
 |  सोमबार, पुस २६, २०७८

एएफपी

एएफपी

सोमबार, पुस २६, २०७८

काठमाडौं– महिला अधिकारका पक्षमा वकालत गर्दै आएकी साउदी राजकुमारी र उनकी छोरी जेलबाट रिहा भएका छन्। राजकुमारी बासमा बिन सउद जेलमा रहेकी थिइन्। महिला अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएकी बासमाले राजशाहीको विरोधमा पनि बोल्दै आएकी थिइन्।

National life

उनी २०१९ मार्चमा पक्राउ परेकी थिइन्। मानव अधिकार संगठन अल केस्त फर ह्युमन राइट्सले ट्विटरमा लेखेको छ, ‘बासमा बिन सउद अल सउद र उनकी छोरी सहौद रिहा भएका छन्।’ उनीहरू निकै बिरामी रहे पनि हिरासतमा कुनै स्वास्थ्य सुविधा उपलब्ध नगराइएको अहल केस्तले जनाएको छ।

राजकुमारी बासमा उपचारका लागि स्विजरल्यान्ड जाने क्रममा पक्राउ परेकी थिइन्। यद्यपि उनलाई कुन रोग लागेको थियो भन्ने बारे केही बताइएको छैन। २०१७ मा मोहम्मद बिन सलमान युवरामा नियुक्त भएपछि देशमा महिला अधिकारका पक्षमा विभिन्न कदम उठाउन थालिएको हो।

महिलामाथि सवारीचालक बन्न लगाइएको प्रतिबन्ध फुकुवा हुनु एउटा उदाहरण हो। यस्तै कुनै पुरुषको साथ बिना नै महिलालाई घरबाहिर निक्लन अनुमति दिइएको छ।

 

Laxmi sunrise bank
kumari


प्रकाशित: Jan 10, 2022| 12:15 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।