सोमबार, असार १६, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • भक्तपुरमा विद्यार्थी र बालबालिकालाई कोरोना खोप [सात तस्बिरमा]

भक्तपुरमा विद्यार्थी र बालबालिकालाई कोरोना खोप [सात तस्बिरमा]

जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद मिजारले जानकारी दिए।
 |  सोमबार, पुस २६, २०७८
nespernesper

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, पुस २६, २०७८

vianetvianet

काठमाडौं- जिल्लामा विद्यालय जाने विद्यार्थी तथा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको  छ।

जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद मिजारले जानकारी दिए। 

कार्यालयले आइतबारदेखि सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा, सोमबारदेखि मध्यपुरथिमि नगरपालिका र भोलिदेखि भक्तपुर नगरपालिका क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने उनले जानकारी दिए। 

विद्यार्थी तथा बालबालिकालाई मोडर्ना खोप लगाउन थालिएको हो। कार्यालयले पठनपाठन सञ्चालन भएका विद्यालय र विद्यालय नजिक रहेका स्वास्थ्य चौकीमार्फत खोप दिन सुरु गरेको छ।

कार्यालय प्रमुख मिजारका अनुसार २५० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर खोप दिन थालिएको र त्योभन्दा कम संख्या भएका विद्यालयको हकमा भने नजिकैको अर्को विद्यालयमा खोप केन्द्र सञ्चालन गरिएको छ।

विद्यालयमा जाडो बिदा भएर पठनपाठन बन्द भएको तथा परीक्षा सञ्चालन भइरहेको अवस्थामा भने नजिकैको स्वास्थ्यचौकीमा गएर खोप लगाउन सकिने व्यवस्था गरिएको छ। एक पालिकामा कम्तीमा तीन दिन खोप अभियान सञ्चालन गरिने छ। तीन दिनमा नसकिए केही दिन थप गरेर भए पनि सबै बालबालिकालाई खोप दिने गरी अभियान सुरु भएको हो। 

चाँगुनारायण र सूर्यविनायकका विद्यालयमा आइतबारदेखि नै खोप अभियान सुरु भएपछि विद्यार्थीको उल्लेख्य सहभागिता रहेको विद्यालय सञ्चालकले बताए। आफ्ना विद्यालयका विद्यार्थीलाई विद्यालय आफैले नेतृत्व गर्दै खोप केन्द्रसम्म पुर्‍याएर  खोप दिलाउने व्यवस्था गरिएको थियो 

शंखधर मेमोरियल स्कुल, सुर्यविनायक-४ मा कोरोना खोप लगाउदै विद्यार्थी [तस्बिरहरु]







प्रकाशित: Jan 10, 2022| 12:05 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।