बुधबार, असोज १४, २०८३

आजदेखि लगाइने खोपका लागि अनलाइन प्रि रजिष्ट्रेशन अनिवार्य

काठमाडौंमा कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाउनका लागि प्रि रजिष्ट्रेशन अनिवार्य गरिएको छ।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

काटमाडौं– काठमाडौंमा कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाउनका लागि प्रि रजिष्ट्रेशन अनिवार्य गरिएको छ। स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले दोस्रो मात्रा लगाउनका लागि अनिवार्य प्रि रजिष्ट्रेशन गर्नुपर्ने बताए।

कोभिड—१९ विरुद्धको भ्याक्सिनको पहिलो मात्रा लगाएका तर अनलाइन रजिष्ट्रेशन नगरेका व्यक्तिले vaccine.mohp.gov.np गएर अनिवार्य अनलाइन प्रि रजिष्ट्रेशन गर्नुपर्नेछ। 

रजिष्ट्रेशन नम्बर वा रजिष्ट्रेशन नम्बर भएको स्क्रीन प्रिन्ट वा फोटो लिएर नजिकको खोप केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सकिनेछ खड्काले बताए। आजदेखि देशभर चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएको तीन हप्ता पुगेकालाई दोस्रो डोज दिइने भएको छ।

प्रकाशित: Aug 06, 2021| 08:13 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्