बुधबार, भदौ ३, २०८३

३७ जिल्ला जिल्लामा एमालेले पायो नयाँ नेतृत्व [सूचीसहित]

नेकपा एमालेले ३७ जिल्लामा नयाँ नेतृत्व पाएको छ। यसै गरी दुई विशेष जिल्ला कमिटीमा पनि एमालेले नयाँ नेतृत्व पाएको निर्वाचन समितिले जनाएको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं- नेकपा एमालेले ३७ जिल्लामा नयाँ नेतृत्व पाएको छ। यसै गरी दुई विशेष जिल्ला कमिटीमा पनि एमालेले नयाँ नेतृत्व पाएको निर्वाचन समितिले जनाएको छ।

२४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकोमा हालसम्म ३७ जिल्लामा नयाँ कमिटी चयन भएको हो। त्यसबाहेक मजदुर विशेष र  पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ।

कुन जिल्लामा को अध्यक्ष?

१. झापा- दीपक कार्की 

२. पाल्पा-धनेन्द्रराज घिमिरे 

३. दाङ-हुकुमबहादुर बस्नेत 

४. डोल्पा-शेरबहादुर बुढा 

५. सल्यान- गोविन्द पुन 

६. बर्दिया-लालबहादुर श्रेष्ठ 

७. बॉके-किस्मतकुमार कक्षपति 

८. धादिङ-भूमि त्रिपाठी

९. अर्घाखाची-पीताम्बर भुसाल

१०. मोरङ-ऋषिकेश पोखरेल

११. काभ्रे-अशोक ब्याञ्जु

१२. भक्तपुर-बचन देउजा

१३. गुल्मी-बालसिंह काउछा

१४. खोटाङ-रामप्रसाद दंगाल

१५.सप्तरी-ताराकान्त चौधरी

१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ 

१७. धनकुटा-इन्द्रमणि पराजुली

१८. रसुवा-कर्णेल लामा 

१९. नवलपरासी (पश्चिम)-दीपेन्द्र अधिकारी 

२०. कपिलवस्तु-डम्बर शर्मा 

२१. नुवाकोट-बद्रीप्रसाद मैनाली

२२. तेह्रथुम- तेजमान कन्दङ्वा

२३. रुपन्देही- तेजेन्द्र केसी 

२४. लमजुङ-कृष्णप्रसाद अधिकारी

२५. पॉचथर- राजकुमार भण्डारी

२६. रामेछाप- आनन्द श्रेष्ठ 

२७. गोरखा-प्रेमबहादुर गुरुङ 

२८. मकवानपुर-एकलाल श्रेष्ठ 

२९. डडेल्धुरा- प्रकाश सावँद

३०. भोजपुर- शरण राई 

३१. बैतडी- सुरेन्द्र पाल

३२. म्याग्दी-देवेन्द्र केसी 

३३. जुम्ला-शान्तिलाल महत 

३३. काठमाडौं-दीपक निरौला 

३४. ललितपुर-पुरुषोत्तम आचार्य 

३५. सिन्धुली-कुमारबहादुर कार्की 

३६. इलाम- महेश बस्नेत 

३७. बाग्लुङ-हिरा केसी 

विशेष जिल्ला कमिटी

१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष-उमेश ढकाल

प्रकाशित: Jan 10, 2022| 10:00 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...