काठमाडौं- नेकपा एमाले ललितपुर अध्यक्षमा पुरुषोत्तम आचार्य चयन भएका छन्। सातदोबाटोस्थित एक पार्टी प्यालेसमा आइतबार राति सम्पन्न अधिवेशनबाट आचार्य अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत तथा सहसचिवमा श्याम व्यञ्जनकार र तारा सञ्जेल चुनिएका छन्।
बन्दसत्रले आचार्यको अध्यक्षतामा १२० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।