काठमाडौ- नेपाल कम्युनिस्ट पार्टीले एक प्रदेश निर्वाचन क्षेत्र बराबर २ प्रदेश कमिटीलाई जिम्मा दिने भएको छ। सो पार्टीको सचिवालय बैठकले हालै पारित गरेको नियमावली तथा बिधानमा यस्तो ब्यबस्था गरिएको हो।
अव एक प्रदेश निर्वाचन क्षेत्रमा कम्तीमा पनि दुई प्रदेश कमिटी सदस्य रहने छन् । यस अघिनै केन्द्रीय सदस्यको भने टुंगो लागि सकेको छ। एक केन्दीय सदस्यले प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्रको जिम्मा पाउने भएका छन् । प्रदेश निर्वाचन क्षेत्रमा एक प्रदेश कमिटी सदस्य संयोजक र अर्का सदस्य सहसंयोजक हुने व्याबस्था गरिएको छ।
नेकपाको बिधान मस्यौदामा खारेज गरिएका बिद्यार्थी, मजदूर र पेशागत बिशेष जिल्ला कमिटीलाई पुन कायम गरिएको छ। अव भुगोलका ७७ र बिशेष ३ गरी ८० जिल्ला कमिटी रहने टुंगो लागेको छ। त्यसैगरी केन्दमा ३२ बिभाग रहने भएका छन्।
केन्द्रमा अनुशासन आयोग रहने भएको छ भने त्यो स्वयतत प्रकारको हुने ब्यबस्था गरिएको छ। यस अघि अनुशासन आयोगलाई केन्द्रीय समिति मातहात राख्ने मस्यौदा गरिएको थियो। तर तत्कालिन एमाले अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा र माओवादी केन्द्रका अध्यक्ष अमिक शेरचनको बिद्रोह पछि त्यसलाई महाधिवेशन मातहात राखिएको छ।
त्यसैगरी आयोगका अध्यक्षहरुलाई पदेन स्थायी समिति सदस्य राखिएको छ। यस अघि मस्यौदामा आमन्त्रित सदस्यका रुपमा राखिएको थियो। त्यसैगरी जिल्ला कमिटीको संख्या बढीमा १ सय ३५ गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४