बुधबार, भदौ ३, २०८३

एमाले रुकुम पश्चिमको अध्यक्षमा देवकोटा चयन

नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा नन्दराम देवकोटा चयन भएका छन्।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

रुकुम पश्चिम- नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा नन्दराम देवकोटा चयन भएका छन्। बन्दसत्रबाट बनाइएको अध्यक्ष मण्डलले देवकोटालको अध्यक्षतामा अन्य पदाधिकारी घोषणा गरेको हो।

उपाध्यक्षमा मनवीर घर्ती, सचिव शशीराम परियार, उपसचिवमा गणेश सुनार र रचना मल्ल चयन भएका छन्। जिल्ला कमिटीका अरु सदस्यहरु भने घोषणा गरिएको छैन।

अध्यक्षमा देवकोटासँगै नारायणकुमार शाह, टंकप्रसाद ओलीले दाबी गरेका थिए। सुरुमा अध्यक्ष मण्डलले देवकोटालाई अध्यक्ष, शाहलाई उपाध्यक्ष र ओलीलाई सचिवमा प्रस्ताव गरेको थियो। शाह र ओली असहमत भएपछि अध्यक्ष मण्डलका तर्फबाट केन्द्रीय सदस्य तिर्था गौतमले देवकोटाको अध्यक्षतामा नयाँ पदाधिकारी घोषणा गरेकी थिइन्।

प्रकाशित: Jan 10, 2022| 06:35 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...