बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेविसंघको नेतृत्व अवैधानिक भन्दै संस्थापनइतर विधार्थी नेताको भेला

नेविसंघको नेतृत्व अवैधानिक भन्दै संस्थापनइतर विधार्थी नेताको भेला

नेपाल विधार्थी संघ संस्थापनइतर समूहका विधार्थी नेताहरुले नेपाल विधार्थी संघको नेतृत्व अवैधानिक रहेको र तत्काल नेविसंघको वैधानिक संकट अन्त्य गर्दै १२औं महाधिवेशन उन्मुख गराउनु पर्ने भन्दै राजधानिमा भेला गरेको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं- नेपाल विधार्थी संघ संस्थापनइतर समूहका विधार्थी नेताहरुले नेपाल विधार्थी संघको नेतृत्व अवैधानिक रहेको र तत्काल नेविसंघको  वैधानिक संकट अन्त्य गर्दै १२औं महाधिवेशन उन्मुख गराउनु पर्ने भन्दै राजधानिमा भेला गरेको छ। 

भेलामा नेविसंघ पूर्व कोषाध्यक्ष शिव रिमाल, पूर्व सहमहामन्त्री ललिता सुनार, पूर्व केन्द्रीय सदस्यहरु प्रेमिका रानामगर, पुजन गन्धर्व, जानुका पन्त, रत्‍नहरि ढुंगेल, पोखरा जिल्ला अध्यक्ष विक्रम आदित्य गिरि, दोलखा अध्यक्ष भिम खड्का, पूर्वी रुकुम अध्यक्ष सुमन बुडामगर, मुगुका अध्यक्ष धर्म शाही, त्रिवि अध्यक्ष डा. श्यामचन्द्र अधिकारी, जनमैत्री क्याम्पस स्ववियु सभापति पंकज क्षेत्रि, आरआर अध्यक्ष पुष्कर बास्तोला, सीटीईभीटी अध्यक्ष महेन्द्र शाहीलगायत  ५५ जना महत्त्वपूर्ण नेता साथीहरु छलफलमा जुटेका थिए।

नेविसंघको वर्तमान अवस्था र भावी कार्यदिशाबारे छलफल गरिएको भेलाको संयोजक नेपाल इन्जिनियरिङ कलेजका पूर्व सभापति तथा प्राविधिक विधार्थी परिषद्‌का अध्यक्ष ई.भुवन भट्टले बताए।

साथै भेलामा ने।वि।संघको १२औ महाधिवेशनको सुनिश्चितता,स्ववियु निर्वाचन र नेविसंघको अवैधानिक संकटको वैधानिक निकाससहित महत्त्वपूर्ण विषयहरुमा छलफल भएको नेता भट्टले बताए। 

केन्द्रीय समितिका पूर्व पदाधिकारी, सदस्य र विभिन्‍न कलेज, विश्‍वविद्यालयका अध्यक्षलगायत भेलामा उपस्थित विधार्थी नेताहरुले संगठनप्रति गहिरो चिन्ता र गरिमामाथि आँच आउने वर्तमान नेतृत्वको गलत कदमप्रतिको भर्त्सना गरे।

प्रकाशित: Jan 09, 2022| 20:00 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...