बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनाव चिह्‌न प्रदान

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनाव चिह्‌न प्रदान

राष्ट्रिय सभा सदस्यको यही माघ १२ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं- राष्ट्रिय सभा सदस्यको यही माघ १२ गते हुने निर्वाचनका लागि  निर्वाचन आयोगले आइतबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको छ।

आयोगले आइतबार नै उम्मेदवारहरूलाई चुनाव चिह्न पनि प्रदान गरेको छ। मनोनयन दर्ता गरेका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेर आयोगले चुनाव चिन्ह प्रदान गरेको हो।

राष्ट्रिय सभा सदस्यको १९ पदमा ९ दलका ४३ जनाको उम्मेदवारी परेको छ। तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ।

उक्त निर्वाचनबाट ७ महिला, ३ दलित, २ अपांगता भएका वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार राष्ट्रियसभामा विजयी हुनेछन्। आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि राष्ट्रिय सभा निर्वाचन हुन लागेको हो। 

फागुन २० मा एमालेका ८, एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४, कांग्रेसका ३ र १ जना मनोनीतको कार्यकाल पूरा हुँदैछ। 

राष्ट्रिय सभा सदस्यको पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। यो निर्वाचनमा एमालेविरुद्ध कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले मोर्चाबन्दी गरेको छ।


प्रकाशित: Jan 09, 2022| 20:02 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...