बुधबार, भदौ ३, २०८३

विवेकशील साझाको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगित

विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीको अवसर पारेर यही पुस २७ देखि माघ १६ गतेसम्म गर्ने तय भएको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगन गरेको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं- विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीको अवसर पारेर यही पुस २७ देखि माघ १६ गतेसम्म गर्ने तय भएको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगन गरेको छ। 

झापादेखि कञ्चनपुरसम्मका दर्जनौँ स्थानमा अध्यक्ष रवीन्द्र मिश्रसहित उच्च नेतृत्व सहभागी भई आमसभा र अन्तरक्रिया गर्ने अन्तिम तयारी भइसकेको अवस्थामा पछिल्ला दिनमा ह्वात्तै बढेको कोरोना भाइरस सङ्क्रमणको स्थितिलाई दृष्टिगत गरी पार्टीले यात्रा स्थगन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले आज जारी गनुभएको प्रेस विज्ञप्तिमा छ।

पार्टीका कैयौं नेता र सदस्यहरू तीन सातासम्म सँगै लगातार यात्रा र उठबस गर्दा सबै जना सङ्क्रमित हुनसक्ने जनस्वास्थ्य विज्ञहरूको सुझाव, उपचारमा आइपर्ने ठूलो आर्थिक भार एवम् यात्राका क्रममा भेटिने सदस्य, शुभेच्छुक तथा आम नागरिकमा समेत सङ्क्रमण फैलन सक्ने जोखिमलाई गम्भीरतापूर्वक मनन गर्दै यात्रा स्थगित गरिएको बताइएको छ।

निकट भविष्यमा अनुकूल समय पारेर मेची–महाकाली राष्ट्रिय एकता यात्रा  गरिने पार्टीले जनाएको छ। यात्रा स्थगित भए पनि पुस २७ गते पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरसहित विभिन्न जिल्लामा  स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्दै औपचारिक कार्यक्रम आयोजना गरेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथमा मनाउने पार्टीले निर्णय गरेको छ।

प्रकाशित: Jan 09, 2022| 20:21 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...