काठमाडौं - राष्ट्रिय सभाको पुस २७ गतेका लागि आह्वान गरिएको बैठक फेरि सरेको छ। अब राष्ट्रिय सभाको अर्को बैठक माघ ३ गते बस्ने सूचना संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिएका छन्।
महासचिव गौतमले आइतबार सूचना जारी गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक माघ ३ गते दिउँसो १ बजे बस्नेगरी निर्धारण गरिएको जानकारी गराएका हुन्।
'विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले' अर्को मिति तय गरिएको सूचनामा उल्लेख छ। यसअघि पुस २५ गतेका लागि तय गरिएको बैठक एमालेको आग्रहमा २७ गतेसम्मका लागि स्थगित गरिएको थियो।