शुक्रबार, चैत ६, २०८२

'नो अब्जेक्सन लेटर' सहज रुपमा प्रदान गर्न शिक्षामन्त्री पौडेलको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गर्दै विदेश अध्ययन अनुमति नो अब्जेक्सन लेटर सहज रुपमा प्रदान गर्न शाखालाई निर्देशन दिएका छन्।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गर्दै विदेश अध्ययन अनुमति नो अब्जेक्सन लेटर सहज रुपमा प्रदान गर्न शाखालाई निर्देशन दिएका छन्। 

National life

अनुमति पत्रलगायतका विषयमा विद्यार्थीले गुनासो गरेको भन्दै शाखा कार्यालयमा निरीक्षण गर्न पुगेका मन्त्री पौडेलले ‘नो अब्जेक्सन लेटर’ सहज रुपमा प्रदान गर्न निर्देशन दिएका हुन्। 

अनुमतिपत्र लिन लाइनमा बसेका विद्यार्थीहरुलाई मन्त्रालयको शाखाबाट प्रवाह हुने सेवाको विषयमा जानकारी लिँदै मन्त्री पौडेलले भने,‘मन्त्रालयको शाखामा के कस्तो काम भइरहेको छन् भनेर निरीक्षण गर्न आएका हुँ। तपाईंहरुलाई दिने सेवामा कुनै समस्या छ कि छैन?’ मन्त्रीको प्रश्नमा सेवाग्राहीले लामोसमय लाइनमा बसेर भए पनि काम सकेर जानी गरेको बताएका थिए। 

शाखा कार्यालयका उपसचिव हरिप्रसाद निरौलाले सेवाग्राहीको कामका लागि राति १२ बजेसम्म पनि काम गरिरहेको बताए। ‘सेवाग्राहीको सेवाका लागि राति १२ बजेसम्म पनि काम गर्छौं। रातको अन्तिम उडान नभएसम्म सुत्दैनौं।’ कतिपयले अन्य बाटोबाट ‘नोअब्जेक्सन’ लेटर बनाउँदा विमानस्थलबाट फर्किने गरेको निरौलाको भनाइ छ। 

सोही क्रममा मन्त्री पौडेलले सेवाग्राहीको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन्। कर्मचारी अभाव भएका कारण सेवाग्राहीलाई तत्कालै सेवा दिन नसिकएको उपसचिव निरौलाको भनाइ छ। 'नो अब्जेक्सन लेटर' अनलाइन प्रणालीमा लगेपछि ११ करोडभन्दा बढी राजश्व संकलन गर्न सफल भएको उपसचिव निरौलाले जानकारी दिए। शाखाले दैनिक ३ सय ५० बढी निवेदन अनलाइनमार्फत प्रमाणित गर्दै आएको छ।

Laxmi sunrise bank
kumari


प्रकाशित: Jan 09, 2022| 17:34 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्