बुधबार, भदौ ३, २०८३

राजनीतिक नेतृत्वको दृष्टिदोषले गर्दा विकास हुन सकेन : भट्टराई

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताएका छन्।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताएका छन्।

अध्यक्ष भट्टराईले मुलुकमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञहरुको ज्ञान, सीप र अनुभवको सदुपयोग गर्नुपर्ने पनि स्पष्ट पारे।  राष्ट्रिय व्यापार संघले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरुमा आएको परिवर्तनलाई आत्मासात गरेर राजनीतिक नेतृत्व अघि बढे मुलुकमा छिटोभन्दा छिटो विकास र समृद्धि हुने तर्क गरे।

अध्यक्ष भट्टराईले व्यूरोक्रेसीमा मुलुकलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढन पनि राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए। उनले अर्थतन्त्रको विकासका लागि व्यवसायीहरुले पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा जोड दिनुपर्ने खाँचो औंल्याए।

भट्टराईले भने, ‘हामीकहाँ बडो उदेक लाग्दो कुरा के छ भने आफ्नो देशको विकासका जुन सापेक्षता छ, छरछिमेकमा आएको जुन परिवर्तन छ, अन्तराष्ट्रिय परिस्थिति जुन छ, त्यसलाई आँकलन गरेर अर्थतन्त्रको क्षेत्रहरुबीचमा कसरी सन्तुलन मिलाउने र हाम्रो तुलनात्मक लाभ, प्रतिस्पर्धी लाभ कुन हो छुट्टयाएर अघि बढ्ने कुरामा जानुपर्ने सिद्धान्ततः सबैले भन्छन्। मेरो संकेत कता छ भने राज्यको नेतृत्व गर्ने भने राजनीतिले हो। राजनीति भनेको राजनीतिक दल र तीनका नेताले गर्ने हो। तर हाम्रो समस्या के हुन्छ भने हामी उही साउनका आँखा फुटेको गोरु सधैं हरियो देख्छ भनेर हिजो आन्दोलन गर्यौं हामीले सात सालदेखि। राणातन्त्र फ्याँक्यौं, पछि पञ्चायत फ्याँक्यौं। पछि राजतन्त्र फ्याँक्ने संघर्षहरु गर्यौं। अहिले हामी नयाँ चरणमा प्रवेश गरिसक्यौं। तर मेरो समकक्षी साथीहरुप्रति मलाई बडो दिक्क लाग्छ। परिस्थिति फेरिइसक्यो, एजेन्डा फेरिइसके। छिमेक फेरिइसयो । यति बेलाको हाम्रो मुख्य कार्यभार भनेको छिटोभन्दा छिटो विकास र समृद्धि नै ल्याउने हो।’

अध्यक्ष भट्टराईले मुलुकबाट गरिवी निवारण नभई व्यापार व्यवसाय फष्टाउन नसक्नेतर्फ पनि उद्योगी, व्यवसायीहरुले ध्यान दिनुपर्ने बताए।


प्रकाशित: Jan 09, 2022| 15:40 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...