बुधबार, भदौ ३, २०८३

एमाले धनकुटाको अध्यक्षमा पराजुली निर्वाचित

नेकपा एमाले धनकुटाको अध्यक्षमा इन्द्रमणि पराजुली निर्वाचित भएका छन्। सातौं जिल्ला अधिवेशनबाट पराजुली सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

धनकुटा- नेकपा एमाले धनकुटाको अध्यक्षमा इन्द्रमणि पराजुली निर्वाचित भएका छन्। सातौं जिल्ला अधिवेशनबाट पराजुली सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।

सम्पूर्ण पदाधिकारीसहितको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको एमाले धनकुटाका इन्चार्ज राजेन्द्रकुमार राईले जानकारी दिए। यसैगरी, उपाध्यक्ष चिन्तन तामाङ, सचिव निरन राई र उपसचिवमा शीव आङ्ला र सुष्मा राई रहेका छन्।

धनकुटा ६ को औद्योगिक ग्राममा आयोजित अधिवेशनबाट ५ पदाधिकारीसहित ९० सदस्यीय एमाले धनकुटाको नयाँ नेतृत्व चयन भएको आयोजकले जनाएको छ।

अध्यक्षका आकांक्षी बनेका निरन राईले सचिवमा सहमत जनाएपछि नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो।

प्रकाशित: Jan 09, 2022| 11:45 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...