काठमाडौं- नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दीपेन्द्र अधिकारी निर्वाचित भएका छन्। थानप्रसाद गैरेले पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन्।
अधिकारीले ३३३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी गैरेले १८५ मत मात्र ल्याएका थिए।
त्यस्तैगरी उपाध्यक्षमा डोलराज भण्डारी ३५३ मतका साथ निर्वाचित भएका छन्।