बुधबार, भदौ ३, २०८३

यी हुन् एमालेका सर्वसम्मत अध्यक्ष चयन भएका जिल्ला (विवरणसहित)

नेकपा एमालेको जारी जिल्ला अधिवेशनअन्तर्गत २२ वटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं- नेकपा एमालेको जारी जिल्ला अधिवेशनअन्तर्गत २२ वटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। 

शुक्रबार ६१ जिल्लाको अधिवेशन उद्घाटन भएकोमा आज बिहानसम्ममा २२ जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको नेकपा एमाले केन्द्रीय कार्यालयले जनाएको छ।  बाँकी जिल्लामा पनि सहमतिको प्रयास भइरहेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। उनका अनुसार सहमति नभएका ठाउँमा आजबाट निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

सर्वसम्मत अध्यक्ष चयन भएका जिल्लाहरु (प्रदेशगत)

प्रदेश १

१. झापा- दीपक कार्की

२. मोरङ- ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

प्रदेश २

१. सप्तरी- ताराकान्त चौधरी

वागमती

१. धादिङ- भूमी त्रिपाठी

२. काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु

३. भक्तपुर- बचन देउजा

४. रसुवा- कर्णेल तामाङ

गण्डकी

१. गोरखा- प्रेम गुरुङ

२. तनहु- श्रीप्रसाद श्रेष्ठ

लुम्बिनी

१. पाल्पा- धनेन्द्रराज घिमिरे

२. गुल्मी- बालकृष्ण काउछा मगर

३. अर्घाखाची- पिताम्बर भुसाल

४. बाँके- किस्मत कुमार कक्षपती

५. बर्दिया- लालबहादुर श्रेष्ठ

६. दाङ- हुकुमबहादुर बस्नेत

७. रुपन्देही- तेजेन्द्र केसी

कर्णाली

१. डोल्पा- शेरबहादुर बुढा

२. सल्यान- गोविन्द पुन मगर

गैरभौगोलिक जिल्ला

१. मजदूर विशेष- जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष- उमेश ढकाल

प्रकाशित: Jan 09, 2022| 08:10 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...