आइतबार, मंसिर २८, २०८२

ललितपुरको प्राचीन अग्निशालाको छानो फेरियो

पुजारी रविश्याम शर्माका अनुसार मुलुकमा सलाइ बन्नु पहिलेदेखि नै विष्णु, रुद्र‍, ब्रम्ह र सूर्य कुण्डमा आगो बल्ने गर्थ्यो। उनले भने, 'यस कुण्डमा हरेक दिन राष्ट्र शान्तिका लागि अग्निहोम र सम्पूर्ण पितृ उद्धारका लागि ‘पितृयज्ञ’का रूपमा श्राद्ध पनि गर्ने गरिन्छ। प्राचीन समयमा १८ थरिका दाउरा बालिने यस अग्निशालामा हाल भने कीरा लागेका, ढुसी परेका, किला ठोकिएका, काँडा भएका बाहेक अन्य दाउरा बालिने गरिन्छ।'
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

ललितपुर- ललितपुर महानगरपालिका–१९ ठगुटोलमा अवस्थित प्राचीन अग्निशालामा तामाको छानो फेरिएको छ। महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज पाँच हजार वर्ष पुरानो अग्निशालामा जस्ताको छानो हटाएर तामा हालेपछि उद्घाटन गरेका हुन्। उनले भने, 'काठमाडौँ उपत्यकाका साथै ललितपुरको एकमात्रै यस प्राचीन धरोहर विश्व सम्पदा क्षेत्रमा सूचीकृत हुन जरुरी छ।' सो ऐतिहासिक धरोहरमा तामा हालिएसँगै थप पहिचान अघि बढ्ने महर्जनको बुझाइ छ।

National life

उपप्रमुख गीता सत्यालले सो अग्निशाला मुलुकको एकमात्रै पुरानो महत्वपूर्ण गहना रहेको बताइन्। अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले अग्निशाला क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न जस्ताको छानो रहँदा मान्यता नपाउने भएसँगै आफूहरूले केही महिना अघिमात्रै २४ गेज मोटाइ तामा हाल्ने काम सम्पन्न गरेको बताए। उनले भने, 'अग्निशालाको महत्व थप अघि बढाउन जरुरी छ।'

समितिका पूर्वअध्यक्ष प्रमोद शर्माले वनस्पतिविज्ञमार्फत आफूले सुनेअनुसार सो सम्पदा क्षेत्रमा एक हजार ५०० वर्ष पुरानो वृक्ष रहेकाले सोको महत्व निकै अतुलनीय रहेको बताए। कार्यक्रममा विसं १९९० को भूकम्पले सो अग्निशालाको छानो भत्काएपछि बेलायत सरकारबाट सहयोग प्राप्त जस्ताको छानो फेरिएको बताइएको थियो।

कार्यक्रममा सो अग्निशालामा तामाको छानो छाउन लपु महानगरपालिकाले रु ४० लाख सहयोग गरेको बताइएको थियो। अग्निशालाभित्र विष्णु, रुद्र, ब्रम्ह, सभ्य, सूर्य र नाग गरी छ कुण्ड रहँदा पनि सो भने पाँच कुण्डको नामले मात्रै परिचित रहेको पाइन्छ। 

पुजारी रविश्याम शर्माका अनुसार मुलुकमा सलाइ बन्नु पहिलेदेखि नै विष्णु, रुद्र‍, ब्रम्ह र सूर्य कुण्डमा आगो बल्ने गर्थ्यो। उनले भने, 'यस कुण्डमा हरेक दिन राष्ट्र शान्तिका लागि अग्निहोम र सम्पूर्ण पितृ उद्धारका लागि ‘पितृयज्ञ’का रूपमा श्राद्ध पनि गर्ने गरिन्छ। प्राचीन समयमा १८ थरिका दाउरा बालिने यस अग्निशालामा हाल भने कीरा लागेका, ढुसी परेका, किला ठोकिएका, काँडा भएका बाहेक अन्य दाउरा बालिने गरिन्छ।' 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 08, 2022| 21:45 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।