बुधबार, साउन २१, २०८२

तीनकुने घटना

दुर्गा प्रसाईंसहित चार जनालाई धरौटीमा छोड्न आदेश

 |  सोमबार, साउन १९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०८२

vianetvianet

काठमाडौं । उच्च अदालत पाटनले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ।

अदालतका न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको इजलासले सोमबार प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको हो।

बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अपराधमा ३ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिइएको छ।

तीनकुने घटनासम्बन्धी मुद्दामा उनलाई साढे ३ लाख रुपैयाँ धरौटी मागिएको छ। प्रसाईंसँगै तीनकुने घटनामा पक्राउ परेका चार जनालाई छोड्न भनिएको छ।

 

प्रकाशित: Aug 04, 2025| 19:50 सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्