शनिबार, पुस १९, २०८२

कुलिङ पिरियडको गडबडीमा रामहरि खतिवडा राजनीति र नैतिक जिम्मेवार

 |  मंगलबार, साउन २०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०८२

काठमाडौं- संघीय निजामती सेवासम्बन्धी विधेयकमा 'कुलिङ अफ पिरियड'को प्रावधान समेटिएको विषयमा प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा गम्भीर जालझेल भएको निष्कर्षसहित विशेष छानबिन समितिले प्रतिवेदन पारित गरेको छ।

National life

समितिले सभापति रामहरि खतिवडाले राजनीतिक र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस गरेको छ।

प्रतिनिधिसभाको निर्देशनमा गठित विशेष छानबिन समितिले मंगलबार बिहान सवा ४ बजे अन्तिम टुंगोमा पुर्‍याउँदै सर्वसम्मत प्रतिवेदन पारित गरेको हो।

प्रतिवेदनमा विधेयकको मर्मविपरीत, प्रक्रिया मिचेर गरिएको संशोधनप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको जिम्मा नेतृत्व तहले लिनुपर्ने उल्लेख गरिएको छ।

साथै, विधेयक प्रतिवेदन तयार पार्ने क्रममा संलग्न कर्मचारीहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने सिफारिससमेत गरिएको छ। छानबिन समितिको प्रतिवेदन मङ्गलबार बस्ने सम्सद बैठकमा पेश गरिदैछ।

Laxmi sunrise bank

प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो। समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीाबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका छन्।


 

प्रकाशित: Aug 05, 2025| 08:26 मंगलबार, साउन २०, २०८२
प्रतिक्रिया दिनुहोस्