काठमाडौं-राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन्।
पार्टी संसदीय दलको शनिबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले पार्र्टीको अध्यक्ष मण्डलका संयोजकसमेत रहेका ठाकुरलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । ठाकुरलाई महतोले दलको नेता बन्न चुनौति दिएपछि दलको नेता सर्वसम्मतले चयन हुन नसकेको थिएन्।
पार्टी अध्यक्ष मण्डलका सदस्य समेत रहेका सांसद राजेन्द्र महतोको प्रस्तावमा ठाकुरलाई दलको नेतामा सर्वसम्मतले चयन गरिएको पार्टी अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले बताए। दलको नेता चयनसँगै राजपा भित्रको विवाद असत्य भएको पुष्टी भएको भण्डारीले जनाए।
दलका नेतामा निर्वाचित ठाकुरले संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्। संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने र सरकारको कामलाई गुण र दोषको आधारमा व्यवहार गरिने ठाकुरले बैठकमा प्रतिवद्धता व्यक्त गरेको भण्डारीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४