बुधबार, जेठ २०, २०८३

प्रदेश २ को राजधानी वीरगंज बनाउन माग गर्दै प्रदर्शन

प्रदेश २ को राजधानी वीरगंज कायम गर्न माग गर्दै वीरगंजमा जुलुस निकालिएको छ। प्रदेश सरकार र सदनलाई खबरदारी गर्ने उद्देश्यले विभिन्न स्थानबाट र्‍याली निकालेर प्रदर्शन गरिएको हो।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

पर्सा - प्रदेश २ को राजधानी वीरगंज कायम गर्न माग गर्दै वीरगंजमा जुलुस निकालिएको छ। प्रदेश सरकार र सदनलाई खबरदारी गर्ने उद्देश्यले विभिन्न स्थानबाट र्‍याली निकालेर प्रदर्शन गरिएको हो। 

National life

प्रदेशको एकमात्र महानगर भएको र देशको अर्थतन्त्रमा महत्वपुर्ण योगदान दिदै आएको वीरगंज हरेक दृष्टकोणमा राजधानीका लागि उपयुक्त रहेको भन्दै जुलुस प्रदर्शन गरिएको छ। 

र्‍यालीमा सहभागीहरूले मुख्यमन्त्री चाहिँदैन, वीरगंजलाई बेच्‍न पाइँदैन भन्दै वीरगंजलाई प्रदेश–२ को राजधानी नबनाएर मधेश आन्दोलन, यसमा सहादत प्राप्त सहीदहरू एवं घाइते मधेशी समुदायको भावनामाथि नेताहरुले कुठाराघात गरेको भन्दै प्रदर्शन गरेको हो। 

वीरगंजलाई प्रदेश २ को राजधानी कायम हुन नदिने षड्यन्त्रमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी आफै लागेकाले तिनले राजीनामा समेत दिनुपर्ने प्रदर्शनकारीहरुले माग गरेका छन्। बारा, रौतहट, सर्लाही सम्मका प्रतिनिधिको आवाजपनि वीरगंज नै राजधानी हुनुपर्छ भन्ने रहेकाले आन्दोलनका बेला गरेका वाचा भुल्न नहुने बताएका थिए। 

वीरगंजको विर्ता, आदर्शनगर, मुर्लि लगायतको स्थानबाट निकालिएको र्‍यालिले नगरपरिक्रमा गर्दै घण्टाघरमा कोणसभा गरिएको थियो। 

Shivam cement

प्रकाशित: Jan 08, 2022| 20:00 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।