बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शेखरको चेतावनी- सभापति देउवाले आफूखसी गरे कांग्रेस दुर्घटनामा पर्छ

शेखरको चेतावनी- सभापति देउवाले आफूखसी गरे कांग्रेस दुर्घटनामा पर्छ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिले आफूखुसी गर्न खोजे पार्टी दुर्घटनामा पर्ने र आसन्‍न चुनावमा हारको सामना गर्नसक्ने चेतावनी दिएका छन्।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिले आफूखुसी गर्न खोजे पार्टी दुर्घटनामा पर्ने र आसन्‍न चुनावमा हारको सामना गर्नसक्ने चेतावनी दिएका छन्। 

सुनसरीको इनरुवामा सञ्‍चारकर्मीसँगको कुराकानी गर्दै नेता कोइरालाले कोइरालाले सभापतिले म सबैको हुँ भनेपनि विश्वासको वातावरण भने बनि नसकेको बताए। सभापति शेरबहादुर देउवाले विधानमा भएको व्यवस्थालाई गलतरुपमा प्रयोग गरेर नियुक्ति गरिएको बताए। सभापति यसरि नै हिड्ने हो भने पार्टीले स्थानीय, प्रदेश र केन्द्रिय निर्वाचन जित्न नसक्ने बताए। उनले भने, 'अहिले भर्खर सुरुवात हो। जसरी उहाँले भन्नुभयो म सबैको सभापति हुँ। त्यो देखाउनु पर्‍यो। देखिने गरी हुनुपर्‍यो, न्याय संगत हुनु पर्‍यो।'

'उहाँले विधानलाई टेकेर हिंड्नु भएको छ, तर जसरी नियुक्तिहरु गर्नु भएको छ। कार्य समितिमा ल्याउनु भएको छ। त्यसको मापदण्ड के हो भन्ने कुराचाहीँ हामीले जान्न जरुरी छ। न्यायोसंगत हुनुपर्छ भन्ने हाम्रो चाहना हो। भएन भने अप्ठ्यारो त पर्छ नै।'

सभापतिले न्यायसंगत अवसरको वितरण नगरे कांग्रेस दुर्घटनामा पर्नेसमेत उनले बताएका छन्। उनले थपे, 'त्यस्तो भयो भने पार्टी दुर्घटनामा जान्छ। दुर्घटना भनेको स्थानीय, प्रदेश र केन्द्रिय निर्वाचन जित्न सकेन भने त्यसको दोष कसले लिने?'

एक फरक प्रशंगमा कोइरालाले आम नेपाली जनतामा एमसीसीको बारे फैलिएको त्रास चिर्न संसद्‌मार्फत छलफल गरेर नागरिकलाई जानकारी दिनु आवश्यक रहेको बताए। 


प्रकाशित: Jan 08, 2022| 23:10 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...