बुधबार, भदौ ३, २०८३

गगनले भने - देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्‍नेरीहरु चाहियो

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्‍नेरीहरु चाहिएको बताएका छन्।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्‍नेरीहरु चाहिएको बताएका छन्।

महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन सकारात्मक सोच भएका तन्‍नेरी चाहिएको बताएका हुन्। 

विनायक सिद्धी कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तन्‍नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए। महामन्त्री थापाले नेपाललाई योभन्दा धेरैमाथि पुर्‍याउने संकल्पसहित आफूले अबको १०-१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहोर्‍याए। 

उनले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा पनि जोड दिए। महामन्त्री थापाले भने, ‘म नेपालको एउटा राजनीतिक पार्टीको कार्यकर्ता हुँ। मैले मेरो जीवन २५-३० वर्ष एउटा राजनीतिक कार्यकर्ता भएर बिताएको छु। अर्को १०-१५ वर्षमात्रै नेपालको राजनीतिमा क्रियाशील रहन्छु। त्यसपछि विश्राम लिन्छु भन्‍ने मेरो संकल्प छ। मैले विश्राम लिँदै गर्दा नेपाल योभन्दा धेरैमाथि पुगेको हुनेछ भन्‍ने मेरो विश्वास छ।'

महामन्त्री थापाले देशलाई समस्या खडा गर्नेहरुको आवश्यक्ता नभएको स्पष्ट पारे।

प्रकाशित: Jan 08, 2022| 17:50 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...