बुधबार, भदौ ३, २०८३

आउने निर्वाचनमा गठबन्धन हुँदैन : नेता कोइराला

शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन्।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन्। 

शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन्।  

नेता कोइरालाले भने, ‘अब कांग्रेस एक्लै चुनाव लड्छ। कांग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ। त्यसैले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लडेर पनि बहुमत ल्याउँछ।’

उनले आउने निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा आबद्ध गराउन सक्यौँ भने निर्वाचन जित्नेमा कुनै दुविधा नरहेको बताए। पार्टीका सभापति तथा प्रधानमन्त्रीले आफूखुसी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्नुपर्ने अवस्था आउनसक्ने नेता कोइरालाले बताए। 

उनले सभापतिले म सबैको हुँ भने पनि विश्वासको वातावरण बनिनसकेको दाबी गरे। नेता कोइरालाले भने, ‘सभापतिले म सबैको सभापति हुँ भन्नुभएको छ, त्यो देखाउनु पर्‍यो। देखिने गरी हुनुपर्‍यो, न्यायसङ्गत हुनुपर्‍यो।’ 

आम नेपाली जनतामा एमसीसीका बारे फैलिएको त्रास चिर्न संसद्मार्फत छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको बताउँदै उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त रहेको उल्लेख गरे। नेता कोइरालाले अवरुद्ध संसद् सञ्चालन गर्नतर्फ कांग्रेस र एमाले दुवै लाग्नुपर्नेमा जोड दिएका छन्। 

प्रकाशित: Jan 08, 2022| 17:30 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...