शनिबार, जेठ २, २०८३

विभागीय प्रमुखलाई १५–१५ दिनमा कार्यसम्पादन प्रतिवेदन पेस गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखलाई १५–१५ दिनभित्रको कार्यसम्पादनको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखलाई १५–१५ दिनभित्रको कार्यसम्पादनको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्। विभागीय प्रमुखलाई शुक्रबार मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले १५– १५ दिनको कार्यसम्पादनको प्रतिवेदन  बुझाउन निर्देशन दिएका हुन्। 

National life

‘एक हप्तामा गर्न सक्ने काम के के हुन् टिपोट गर्नुहोस्’, मन्त्री पौडेलले भने, ‘अर्को हप्ता काम गरी नतिजा नस्किने गरी काम हुनुपर्‍यो होइन भने कारण चाहियो।’

‘फाइलहरु अड्काएर हुँदैन, मन्त्रीहरु फेरिरहन्छन्। सेवाग्राहीको पनि आस हुन्छ। हप्ता दिन अध्ययन गरेर हुने नहुने निर्णय दिनुहोस्।’

मन्त्री पौडेलले ५० औंं वर्षदेखि अड्किएका फाइलका विषयमा अध्ययन गरी टुंग्याउन सक्ने काम तत्काल गर्न निर्देशनसमेत दिए। ‘फाइलहरु अड्काएर हुँदैन, मन्त्रीहरु फेरिरहन्छन्। सेवाग्राहीको पनि आस हुन्छ’, उनले भने, ‘हप्ता दिन अध्ययन गरेर हुने नहुने निर्णय दिनुहोस्।’

शिक्षा मन्त्रालयबाट गरिब, जेहेनदार तथा असहाय विद्यार्थीलाई दिने छात्रवृत्ति नरोक्न पनि मन्त्री पौडेलले निर्देशन दिए। ‘कुनै पनि छात्रवृत्तिको पैसा फिर्ता हुनु भएन,’ मन्त्री पौडेलले भने, ‘छात्रवृत्ति समयमा विद्यार्थीस्तरमा पुग्नुपर्‍यो फिर्ता हुँदा सन्देश राम्रो जाँदैन।’

मन्त्रालयले बनाएको लक्ष्य पूरा गर्न कर्मचारीमा संकल्प, इच्छा शक्ति र सक्रिया हुनपर्नेमा जोड दिँदै उनले देश बनाउने जनशक्ति उत्पादन गर्ने थलो शिक्षा मन्त्रालय भएको बताए।  ‘कमान्ड कन्ट्रोल हुनुपर्छ, त्यसो भएन भने भद्रागोल हुन्छ,’ पौडेलले भने, ‘समस्या छन् भने सचिवमार्फत ल्याउनुहोस्।’

यस्तै शिक्षा, राज्यमन्त्री बोधमाया यादवले विद्यालयमा समयमा नै पाठ्यपुस्तक पु¥याउन अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिइन्। 


प्रकाशित: Jan 07, 2022| 17:15 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्