शुक्रबार, चैत ६, २०८२

साढे चार गुणाले बढ्यो कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत आइतबार २१६ जना संक्रमित देखिएकामा यो संख्या शुक्रबार ९६८ पुगेको छ। यस्तै बिहीबार ५४०, बुधबार ४३५, मंगलबार ३९३ र सोमबार ३२६ नयाँ संक्रमित थपिएका छन्।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं- पछिल्ला पाँच दिनमा नेपालमा कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिएको छ।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत आइतबार २१६ जना संक्रमित देखिएकामा यो संख्या शुक्रबार ९६८ पुगेको छ। यस्तै बिहीबार ५४०, बुधबार ४३५, मंगलबार ३९३ र सोमबार ३२६ नयाँ संक्रमित थपिएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावलले पछिल्ला दिनमा आईसीयूमा भर्ना हुने संक्रमितको संख्या बढिरहेको बताइन्।  चिकित्सकका अनुसार कोरोनाविरुद्धको खोप लगाएका भन्दा नलगाएकामा गम्भीर समस्या देखिने गरेको छ। उनले भनिन्, ֙खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण भए पनि गम्भीर असर गरेको कमै पाइएको छ। खोपै नलगाउने गम्भीर बन्ने गरेका छन्।’

भारतमा शुक्रबार एक लाख १७ हजार नयाँ संक्रमित थपिएका छन्। बिहीबार यो संख्या ९१ हजार थियो।

कोरोना खोपबाट जोगिने उत्तम विकल्प खोप भएकाले सबैलाई खोप लगाउन उनको सुझाव छ। अहिले खोपको उपलब्धता सहज भएकाले नजिकैको केन्द्रमा गएर खोप लगाउन उनी सुझाव दिन्छिन्। कोरोनाबाट जोगिन सामाजिक दूरी, मास्क, स्यानिटाइजरको प्रयोग पनि हुन छाडेको छ। सहरी क्षेत्रको भीडभाडमा मानिसहरु मास्क नै लगगाई हिँडेको देखिन्छ।  विज्ञहरुले माघ पहिलो सातासम्म नेपालमा कोरोनाको ग्राफ बढ्ने आकलन गरिरहेका छन्। भारतसँगको खुला सिमानाका कारण नेपाल कोरोनाको तेस्रो लहरको उच्च जोखिममा रहेको उनीहरू बताउँछन्। भारतमा शुक्रबार एक लाख १७ हजार नयाँ संक्रमित थपिएका छन्। बिहीबार यो संख्या ९१ हजार थियो।

कोरोनाबाट जोगिन सामाजिक दूरी, मास्क, स्यानिटाइजरको प्रयोग पनि हुन छाडेको छ। रावलले भनिन्, ‘पछिल्ला दिनमा हामी स्वास्थ्य मापदण्डको पालनामा बेवास्ता गर्दै गएका छौं।’ कोरोना संक्रमण भएर गम्भीर भएपछि मात्र अस्पताल जाने प्रवृत्ति बढेको छ। संक्रमित व्यक्ति परिवार वा समूहमा बस्दा थप जोखिम बढ्ने चिकित्सकहरू बताउँछन्।

Laxmi sunrise bank
kumari



प्रकाशित: Jan 07, 2022| 16:40 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्