शुक्रबार, चैत ६, २०८२

कोरोना संक्रमितको दैनिक संख्या हजार नजिक

पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

National life

८ हजार २७२ जनाको पीसीआर परीक्षण गर्दा ५७२ जना र ६ हनार ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९६ जनामा संक्रमण पुष्टि भएको हो।

शुक्रबार थपिएकामध्ये काठमाडौं उपत्यकामा ३६९ जना छन्। काठमाडौंमा २८४, भक्तपुरमा २३ र ललितपुरमा ६२ गरी ३६९ जना संक्रमित थपिएका हुन्।

सोही अवधिमा २६२ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा संक्रमितको मृत्यु भने भएको छैन। आजको दिनमा सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ छ। 

Laxmi sunrise bank
kumari

मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख ६३ हजार ३७१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। 


प्रकाशित: Jan 07, 2022| 16:33 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्