बुधबार, भदौ ३, २०८३

राष्ट्रियसभा चुनावमा ओलीले हार स्वीकार गरे : अध्यक्ष नेपाल

काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्विकार गरेको बताएका हुन्।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन्। काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रियसभा निर्वाचनमा ओलीले हार स्वीकार गरेको बताएका हुन्। 

एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीका जिल्लाहरुको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताएका थिए। सोही भनाइ उधृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभाव विपरीत राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीको पराजय निश्चित छ भनेर भाषणमै स्वीकार गरेको टिप्पणी गरेका छन्। उनले ओलीले देशभर एकसाथ जिल्ला अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोपसमेत लगाए। 

उनले ओलीसँग आलोचनात्मक चेत भएका, सिद्धान्तनिष्ट कार्यकर्ताहरु नभएको दाबी पनि गरे। अध्यक्ष नेपालले उनीसँग देवत्वकरण गर्ने मानिस  मात्रै रहेको र अन्य मानिसहरु विद्रोह गरेर आफ्नो पार्टीमा प्रवेश गरिरहेको दोहोर्‍याए।

‘आज तपाईंहरुले सुन्नुभएको होला केपी ओलीको एउटा भाषण त्यो भाषणमा अब राष्ट्रियसभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ।

उनले भने, ‘आज तपाईंहरुले सुन्नुभएको होला केपी ओलीको एउटा भाषण त्यो भाषणमा अब राष्ट्रियसभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ। सुन्नुभयो, हैन? हार स्वीकार गरेका छन्। पराजय स्वीकार गरेका छन। तर कसरी स्विकार गरे होला? त्यो दम्भी स्वभावले त दिँदैन।’

उनले भने, ‘एकल नेतृत्व। नेताको देवत्वकरण। देवत्वकरण उनीलाई देउताजस्तो मान्ने। नेतालाई देउता बनाउनेलाई देवत्वकरण भनिन्छ। देवत्वकरण भइसकेपछि त्यो देउताको वरिपरि पूजकहरुमात्रै बस्ने। भजनभण्डली। देउताको त भजन गर्नुपर्‍यो नि।’

नेपालले एमालेमा ठिक र बेठिक सही र गलत छुट्टयाउने सक्ने खुबी र क्षमता भएका मानिस नभएको बताए। उनले भने, ‘त्यहाँ सिद्धान्तनिस्ट कार्यकर्ता छैनन्। ठिक र बेठिक। सही र गलत छुट्टयाउने सक्ने खुबी र क्षमता भएका मानिस होइनन्। बौद्धिकताको विकास गर्ने, आधुनिक ज्ञान र चेतना हासिल गर्ने त्यस्ता व्यक्तिहरु होईनन। त्यहाँ पूजक प्रवृत्ति बोकेकाहरु, हनुमान प्रवृत्ति भएकाहरु, अझै भनौं गणेश प्रवृत्ति भएकाहरुलाई मात्रै त्यहाँ ठाउँ छ। त्यसो हुनाले त्यो समूहभित्र विद्रोह भइरहेको छ।’

अध्यक्ष नेपालले जनताको जीवन परिवर्तन गर्नका लागि आफ्नो पार्टी स्थापना गरेको बताए। उनले जनताको जीवनमा परिवर्तन ल्याउने गरी आचरण र व्यवहार देखाउन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। 

प्रकाशित: Jan 07, 2022| 18:15 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...