शुक्रबार, चैत ६, २०८२

ओमिक्रोन बढेपछि बस्यो सीसीएमसीको बैठक

कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको संक्रमण दर बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बसेको छ।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं– कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको संक्रमण दर बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बसेको छ। प्रधानमन्त्री संयोजक रहेको बैठक शुक्रबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको हो। 

National life

छिमेकी भारतलगायत देशहरूमा ओमिक्रोन भाइरसको संक्रमण दर बढ्दो रहेको र नेपालमा पनि संक्रमण बढिरहेकाले त्यसबारे छलफल गर्न बैठक बसेको बताइएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गृहमन्त्री बालकृष्ण खाण, स्वास्थ्यमन्त्री विरोध खतिवडा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, मुख्यसचिव, प्रधानसेनापतिलगायत सीसीएमसीका अधिकारीहरू सहभागी छन्।

आजमात्रै थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएका सबै २४ वटा नमुनामा ओमिक्रोन पुष्टि भएको हो।

पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो। एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 07, 2022| 16:26 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्