राष्ट्रिय बाघ संरक्षण प्राधिकरण (एनटीसीए)को तथ्यांक अनुसार २०२१ मा भारतमा १ सय २७ माघ मरे। समाचार एजेन्सी पीटीआईले पछिल्लो हप्ता मात्रै एनटीसीएलाई उद्धृत गर्दै २०२१ सक्किन दुई दिन बाँकी रहँदा १ सय २६ माघको मृत्यु भएको जनाएको थियो।
त्यसपछि डिसेम्बर ३० मा महाराष्ट्रको गढचिरौलीको जंगलमा एक बाघ मारिएको खबर आएको थियो। यससँगै २०२१ मा भारतमा १ सय २७ बाधको मृत्यु भएको थियो। २९ डिसेम्बरमा पनि मध्य प्रदेशको छिन्दवान्डामा एक बाघको मृत्यु भएको थियो। बाघको मृत्यु हुने दर मध्य प्रदेशमा बढी छ।
पछिल्लो हप्तामा राज्यको डिन्डोरी जिल्लामा एक अर्को बाघ मृत फेला परेको थियो। पीटीआईका अनुसार सुरुवाती छानबिनका आधारमा त्यो बाघलाई विष दिएर मारिएको थियो।
यसै गरी पछिल्लो १० वर्षमा भारतमा सबभन्दा बढी २०२१ मा बाघको मृत्यु भएको छ। राष्ट्रिय बाघ संरक्षण प्राधिकरणका एक अधिकारीले पीटीआईलाई बताए अनुसार जाँच गरिएको थियो। नाम नभन्ने सर्तमा ती अधिकारीले एनटीसीएले निगरानी गस्ती बढाउनुका साथै सिकारीलाई धरपकड गर्ने नीति अवलम्बन गरेको छ।
'बाघको सुरक्षाका लागि निरन्तर निगरानी बढाइएको छ। थुप्रै मानिसलाई अवैध सिकार गरेको आरोपमा पक्राउ समेत गरिएको छ। र, देशमा ३० प्रतिशत बाघ संरक्षित छन्,' ती अधिकारीले भनेका छन्।
वन्यजन्तुमाथि शोध गरिरहेका एजेटी जोन सिंहले प्राकृतिक मृत्यु, करेन्ट लाग्नु जस्ता कारणले बाघको मृत्यु भइरहेको उनले बताएका छन्। उनले यसरी करिब पाँच प्रतिशत बाघ मरिरहेको बीबीसीलाई बताएका छन्। उनले मध्य भारतमा करेन्ट लागेर मर्ने बाघको संख्या धेरै रहेको बताएका छन्। यसका साथै बाघ जंगली सुंगरको जालमा फसेरसमेत गर्ने गरेको उनले बताएका छन्।
'जनावरमा विष दिएर बाघको आहारा बनाएर बाघलाई मार्ने क्रम पनि बढ्दो छ। यो चलन सबैभन्दा बढी गवामा छ। त्यहाँका मानिसले बाघले पशुलाई खाँदा रिसको झोकमा विषको प्रयोग गरेर बाघलाई मार्ने क्रम बढ्दो छ। मानिसको रिस कम गर्न क्षतिपूर्तिको व्यवस्था माग गरिएको छ,' उनले भने।
२०२१ लाई छोड्ने हो भने सबैभन्दा बढी बाघ २०१६ मा र २०१७ मा मरेका थिए। २०१६ मा १ सय २१ र २०१७ मा १ सय १७ बाघको मृत्यु भएको थियो। यस्तै २०२० मा १ सय ६ बाघको मृत्यु भएको थियो। २०२१ मा मरेका १ सय २७ बाघ मध्ये १५ बच्चा र १२ ओटा कम उमेरका बाघ रहेका थिए।
बाघको मृत्यु बारे बीबीसीले तमिलनाडुका बाघ शोध कर्ता डा. कुमारगुरुसँग कुरा गरेको छ। उनले बाघको मृत्युको मुख्य कारण उसको भोजन रहेको बताएका थिए। बाघको सुरक्षित जीवनका लागि उसको आसपास पर्याप्त सिकार प्रजातिको हुनु आवश्यक हुने उनको तर्क छ।
यसका साथै बाघको क्षेत्रमा पर्याप्त क्यामेरा लगाउनुपर्छ। जसले गर्दा सिकारीले सिकार गर्न नसकुन्। र, कोही सिकार गर्न आए पहिचान गर्न सकियोस्।
भारतमा जंगलको कटान तीव्र रूपमा हुने गरेको छ। जसले गर्दा जंगल साँघुरिन पुगेको छ। र, बाघको संख्या पनि घट्दै गएको छ।
जंगल फडानी हुँदा बाघले एक जंगलबाट अर्को जंगलमा जान सक्दैन। र, एउटा सीमित जंगललाई मात्र आफ्नो क्षेत्र बनाउँछ। यस्तो अवस्थामा फसेको आबादी भनिन्छ। यस्तो अवस्थामा अर्को जंगलमा रहेको बाघसँगको आनुवंशिक मेल हुनसमेत पाउँदैन। यो पनि बाघको संख्या घट्ने एउटा कारण बनिरहेको छ।
यस्तो आनुवंशिक रूपमा बाघमा नकारात्मक प्रभाव पर्छ। र, अर्को पीढीमा बलियो बाघको जन्म हुने सम्भावना कम हुन्छ। भाले र पोथी दुवै कमजोर हुँदा उनका बच्चाहरू झनै कुपोषित हुने जोखिम हुन्छ। आनुवंशिक समस्या भएमा बाघ युवा अवस्थामा नपुग्दै मर्ने गर्छ।
राष्ट्रिय बाघ संरक्षण प्राधिकरणका अनुसार भारतमा २०१२ देखि २०२१ सम्म १० वर्षमा ९ सय ८४ बाघको मृत्यु भएको पाइएको छ।
मध्य प्रदेशमा सबैभन्दा धेरै २ सय ४४, महाराष्ट्रमा १ सय ६८, कर्नाटकमा १ सय ३८, उत्तराखन्डमा ९६ र तमिलनाडु तथा असममा ६६-६६ ओटा बाघको मृत्यु भएको छ।
यी मध्ये ४ सय १७ बाघको मृत्यु प्राकृतिक कारणले, १ सय ९३ मान्छेद्वारा मारिएका, २०१९ मा परेका २२ बाघ र २०२० मा परेका ७३ बाघको मृत्युको कारण अझै बत्ता लाग्न नसकेको बताइएको छ।