शनिबार, जेठ २, २०८३

नेपालमा थपिए २४ ओमिक्रोन संक्रमित

नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

National life

काठमाडौं- नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो।

पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो। एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।


प्रकाशित: Jan 07, 2022| 13:19 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्